आफैँले आफैँलाई लकडाउनमा राखेर दसैं मनाऔँ- डा :कोइराला

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा :शेखर कोइरालाले नेपालीहरुको महान पर्व विजयदशमीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा भिडियो मार्फत देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा दसैँको शुभकामना व्यक्त गरेका हुन् ।

उनले आफ्नो शुभकामना मन्तव्यमा कोरोनाको यो महामारीमा सबैलाई आफै लकडाउनमा बसेर दसैं मनाउन आग्रह गरेका छन् । कोरोना संक्रमणलाई ध्यान दिँदै फोन अनि सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गर्न डा।कोइरालाले आग्रह गरेका छन् ।