सम्झनामा दशैं

प्रकाशित मिति:

जुना कुवँर – असत्य माथि सत्यको बिजयको रुपमा मनाइने चाड दशैँ हो । विजयादशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व सुरु भएको हो ।

चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति सहित हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ र भिन्न खुसी र सुख प्रदान गर्दछ l त्यही भएर हामी हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ मनाउछौँ।देश बिदेश भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ। दशैंमा नवदुर्गा(हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा)को नौ वटा रूप शैलपुत्री,व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ दशौँ दिन विजया दशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ ।यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । दशैमा टिका, जमरा,दक्षिणा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन।

दशैँ त त्यो थियो जुन बिहानीको सुर्योदयसंगै मनमा उदाउने दसैको उमङ्ग,सास लिदा होस् वा फेर्दा, हिड्दा होस् वा खाना खाँदा, आँखा बन्द गर्दा होस् वा खोल्दा जतिबेला नि दशैको आभास हुन्थ्यो l दशैको लागि स्कुलको बिदा हुन्थ्यो अनि घरमा बल्लतल्ल पाउने एकजोर नयाँ कपडा सिलाउन सुजिदाई आउथे अनि नयाँ कपडाको मगमग बासनाले मन मस्तिष्कमा दसै हुन्थ्यो l नयाँ लुगा लाउन पाउने अनि मिठो मिठो खाना खान पाउने रहरले मन उमंगले भरिएर आउथ्यो l सारा खेतबारीको काम सकेर दशैँ मनाउने रहरमा थाकेको महसुस पनि हुन्थेन lस्कुल बिदा नहुदै स्कुल पोतेर सदनात्मक पुरस्कार लिने रहरमा किताब कापी छोडेर माटो र पानि बोकेर स्कुल जाँदाका ति दशैका दिन आज भोगिरहेका सुबिधा सम्पन्न दशैसंग तुलना गर्दा निकै भारि छन् l बालापनको दसैँ नै खास दशैँ रहेछ l घर पोतेर राम्रो बनाउने त्यो मनको निस्वार्थ रहर अनि साथिसंगको खेतबारी र घाँसपात कति रमाइलो त्यो दसैँ l बिहानीको हुस्सुसंगै रातभरिको शीतले भिजेको घाँस छोप्दा पनि दशैँ कै महसुस हुन्थ्यो ।

घरमा पिता सरकारको दुर्गा पुजाको तयारि अनि माता न्याधिशको घरधन्दाको आदेश न कुनै तयारि न कुनै मानसिक तनाब निस्वार्थ दशैको उर्जाले भरिएको मनले गरेको कार्य सम्पादन कुनै गल्ति बिना कतिबेला सकिन्थे अनि थाकेको ज्यान ओछ्यानमा पल्टनासाथ निद्रादेबिको न्यानो काखमा कतिबेला पुगीन्थ्यो पत्तो हुन्थेंन l बिहानीको मिठो निद्रा, हलुका चिसो मौसम अनि तलबाट आमाको मिठो मधुरो तर ब्युझेर बिहानीको काममा लाग्नुपर्ने पर्ने बाध्यात्मक आदेश आउथ्यो । जब आँखा खुल्थ्यो त मनमा दशैँ दशैको आभास हुन्थ्यो । घटस्थापना देखि सप्तमिसम्म यत्तिकै चल्थ्यो अनि अष्टमीमा निदारमा रातो टिका लगाएर देबिस्थान मन्दिरमा धुप ध्वजा चढाउने देखि बलि चढाउनेसम्मको रमाइलो हेरिन्थ्यो । नममिको दिन धुर्कोट कोट जान भिडभाड अनि अलि खर्चिलो थियो तर पनि त्यो सारा उकालोमा बिना पानि र खाजा पनि के रमाइलो लाग्थ्यो ऐले संम्झदा मन नि चकित हुन्छ किन त्यति रमाइलो लाग्थ्यो त्यो दशैँ ।

दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन तर ति दशैमा टिका, जमारा र आशिर्बादको भन्दा पनि दक्षिणाको महत्व धेरै थियो । धेरै दक्षिणाको निस्वार्थ लोभमा धेरै मान्यजनको हातको टिका,जमारा र आशिर्बाद लिनु पर्ने बाध्यतामा दशैको दशमीको बिशेस दिन बित्थ्यो जुन दक्षिणाको लोभको मान्यजनको अशिर्बाद आजसम्म अटुट रुममा मेरो साथमा छ र रहन्छ ।

त्रयोदशिमा कुमारी देबी मन्दिर र पुर्णिमा धुर्कोट कोटमा हुने सराए नांचमा हुने त्यो रमाइलोको बेग्लै रौनक हुन्थ्यो । ललाहुरे पिता र दाजुभाइका छोरी र दिदीबहिनीको रोनक अलि बेग्लै हुन्थ्यो त किसान र सामाजिक पिताकी छोरी कताकता अन्तर मनमा बाहिर कमि देखिन नमिल्ने महसुस हुन्थ्यो । स्कुल छुट्टीमा पाइने गाईबस्तुको काम बिहानै सकेर संराय नाचको जमघट र रमाइलो हेर्ने रहरमा घरबाट निस्कने तयारि हुन्थ्यो तै पनि मेलामा मनमा लागे जति खर्च गर्ने पैसा खल्तीमा हुन्थेंन र पनि कति रमाइलो लाग्थ्यो त्यो दशैं । घरमा मन नपर्ने खानेकुरा पनि मेलामा साथिसंग खान पाउदा संसारकै मिठो परिकार लाग्थ्यो l जति घाम डुब्थ्यो दशैँ छिटो सकिन्छ भन्ने पिर पर्थ्यो अनि मेला सकेर जुनेली रातमा घर फर्किदाको त्यो दशैँ …..आज सबै कुरा आप्नो अनुकुल् हुँदा पनि दसैँ त्यो दशैँ जस्तो हुँदैन । मामा घर लगाएत टाढाटाढाका मेलामा आएका आफन्त मेला सकेर जुनेली रातमा हाम्रो घरमा बास बस्न आउनुहुन्थ्यो अनि दशैको रमाइलो अझ तातेको महसुस हुन्थ्यो ।

दशैं नरमाइलो पनि हुन्छ भन्ने त पिता गुमाउदाको दशैमा महसुस गरे जब माथि देबीको मन्दिरमा साझापख बाजा बज्थे अनि मनमा रोकिएको पिडा भक्कानो छुटेर निस्कन्थ्यो अनि पिताको ममता मनबाट निरन्तर चुहिएको महसुस हुन्थ्यो अनि बल्ल पो थाहा भयो भावनात्मक गरिबी हुदाको पिडा यति गहिरो हुँदो रहेछ अझ आर्थिक,भौतिक गरिबीको दशैं कस्तो हुँदो रहेछ भनेर l मलाइ त लाग्छ दसैँ बालापन मै रहेछ, हुर्किए पछी त के दसैँ ….सत्र बर्षको उमेरमा परम्परागत बिहे अनि घरमा बुहारीको जिम्वेवारी आमा न्याधिशको असल बुहारीको सबै दफा पुरागर्नु पर्ने आदेश अब त के दसैँ शुरु भयो दशैँ जस्तै जिन्दगि तै पनि स्विकार्नु बाहेक विकल्प थिएन ।

बालापन पछीको छोरी भएर दशैँमा माइती आउँदाको बिहेको पहिलो दशैँ मानेको हल्का अनुभब छ अनि अर्को दुइ वर्ष पछीको दशैँ असल बुहारीसंगै आमाको जिम्मेवारी आमा न्याधिशको अर्को आदेश घरमा सासुको हातको टिका,जमरा र आशीर्बाद पछी मात्र माइती जान पाइने अनुमति अनुसार दिनको १.२५ को साइतको टिका जमरा पछी काखमा सानो दुधे बालक बोकेर पैदल कम्तिमा पांच घन्टाको माईतिको अत्यन्त रमाइलो यात्रा आमा र मान्यजनसँगको आत्मीय मिलनको आशामा मनभरिको उमंग झिसमिसे जुनेलि साँझमा कतै न कुनै अध्यारो न कुनै छांया र थकानको अनुभूति नगरी माइतीमा कान्छी छोरीको दावित्व पूर्ण पालना गरेको त्यो भरिपुर्ण दशैँ l आगामी दुइ बर्षका दशैँ धार्मिक मान्यता अनुसार जुठो रहेकोले आमाको हातको टिका,जमारा र आशिर्बाद लिन जान सकिन ।

जब दशैँ आएको रौनकसंगै घरधन्दा सकेर दसैं मनाउने तयारि थियों दशैँको फूलपातीको दिन सारा संसार जोडिएको दाम्पत्य जीवन नै सकियो । त्यसपछी जीवनमा दशैँ मेरो लागि दशा बनेर आयो अनि बल्लतल्ल बाँचेको दशैं त थियो तर सामाजिक र धार्मिक संस्कारले बाधेको समाजमा रातो टिका निधारमा लगाउने न हिम्मत थियो न कुनै बाध्यता अत; भरिपुर्ण बिगतको त्यही दशैँ ममातामयी आमाको हातको टिका जमारा र आशिर्बाद जीवनमा अन्तिम दशैँ बन्यो ।  बिगत पन्ध्र बर्षदेखिको दशैँ न छोड्न सक्छु न निधारमा रातो टिका र शिरभरि पहेलो जमराले पूर्णता दिन सक्छु ?? सबैको घरमा खुशी लिएर आउने यो दशैँ मेरो मनमा नीको हुन लागेर बिर्सिएको घाऊ पुन बल्झिन्छ अनि सहन नसक्ने गरि पिडा हुन्छ तर समय यति बलबान रहेछ कि मनस्थितिलाई परिस्थितिले जित्यो अनि समय अनुसार मनस्थिति पनि बदल्न बाध्य भए । बर्षभरि घर,परिवार र समाजको लागि आफ्ना सारा कुरा बिर्सिएको नाटक अनुहारको पर्दामा देखाउदै मनलाई सम्झाउने प्रयास घाम जस्तै अनबरत रुपमा लागिरहेको अनुभूति गर्दछु तर जब दशैँ आउँछ अनि पुन त्यो ममताको अभाब उर्लेर आउँछ । प्रकृतिले जीवनलाई धर्ति जस्तै बनाउने प्रयास गरेको देख्दा आजकल जीवनसंग लड्ने प्रयास मातापिताको आशिर्बादले जारी रहेको आभास गर्छु । धर्तीमा अरुको नजरमा सदाबहार उस्तै तर आफु माथि घाम,पानि,बाढी र पहिरोको प्रभाब सहे जस्तै जीवन जिउनुको बिबशता मुटु भित्र सुरक्षित राख्ने मनको निर्णय मानेको छु । हाम्रो सामाजिक,धार्मिक र सास्कृतिक परिबन्धले आफु जस्तो भए पनि परिस्थिति अनुकुल देखिनु पर्ने बाध्यताको भोगाइले बाधिएको छु l हिजो जस्तै पिडा आजसम्म रहने भए सायद यो मन र मुटुले आत्मा समर्पण गर्थ्यो होला । संघर्ष नै जीवन जिउनुको मूलभाब सहित दशैँ आउदा नि पेटभरी भोक मेटाउन नपाउने,पुरै जिऊ ढाक्ने गरि लुगा लगाउन नपाउने परिवारको पीडा देख्दा आजकल अझै कैयौ दशैँसंग बाच्न रहर पलाएको अनुभूति गरेको छु । स्वर्गीय मातापिताको आशिर्बाद मेरो लागि सदैब दशैको विजय दशमीमा रातो टिका र जमरा सहित शिरमाथि रहेको अनुभूतिमा मेरो हैसियतको प्रतेय्क सेवाको पाइलामा पछाडी नहट्ने दुर्गा भवानीले शक्ति प्रदानको अभाब महसुस गर्न नपरोस । नव दुर्गा र भगबतिले सदैब अरुको दु;खमा सहारा बन्ने ईच्छा र दु;ख सहने शक्ति प्रदान गरुन ।  यो दशैँ कसैको लागि दशा अनि मेरो जस्तै कथा नबनोस् ।

सम्पूर्ण व्यक्ति र समाजमा मानवताको बिऊमा नझर्ने फल लागोस् । देश र जनताको ईच्छा अनुसार दुर्गा भवानीको आशिर्वादले सहमति, सहकार्य र एकताका आधारमा काम गर्ने शक्ति प्राप्त होस । सारा हामि नेपालीलाई आर्थिक सङ्कटबाट मुक्ति मिलोस । कोरोनाको कहरलाई माता दुर्गाको शक्तिले परास्त गर्दै सम्पूर्णलाई स्वस्थ र सुरक्षित रहने शक्ति,प्रेरणा र आशीर्वाद मिलोस् ।
सम्पूर्णमा विजया दशमी २०७७ को हार्दिक मङ्गलमय शुभकामना !”