पहिरो पिडितको राहतको लागि आचार्य द्धारा मेयर लाई १ लाख हस्तान्तरण

१० कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ का पहिरो पिडितको राहत स्वरुप शितगंगा नगरपालिका ४ सानादह निवासी गुरु नेत्र प्रसाद आचार्यका छोरो इन्जिनियर सुर्य प्रसाद आचार्यले ब्यतिगत रुपमा रु १ लाख शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी लाई प्रदान गर्नु भएको छ । आफ्नै नगरबासी अप्ठेरोमा परेको बेला राहत होस भन्दै आचार्य तथा उहाँकी धर्मपत्नी उमा ज्ञवाली आचार्यले रकम हस्तान्तरण गर्नु भएको हो । एक महिना अगाडि शितगंगा नगरपालिकाको वडा नम्बर ११ र १२ मा पहिरोले गाउँनै भासिदा सयौ घरपरिवार विस्तापित भएको छन उनिहरुको उचित ब्यवस्थापनको लागि नगरप्रमुख अधिकारी विभिन्न क्षेत्रमा खट्नु भएको छ भने सबै सँग सहयोग गर्न अपिल समेत गरिरहनु भएको छ ।

पहिरो पिडितहरुको स्थायी बसोबासको लागि नगरपालिकाले जग्गा छनोटको काम गरिरहेको छ । उनिहरुको बस्तिनै स्थान्तरण गर्नु पर्ने भएकोले विभिन्न स्थान बाट सहयोग रकम समेत जुट्न थालेको पहिरो पिडितहरुका लागि देश तथा बिदेशमा रहेका विभिन्न संघ संस्थाहरुले विभिन्न राहत बितरण गरिरहेका छन भने नगरपालिकाले समेत राहत कोष स्थापना गरि राहत संकलन गरिरहेको छ । सुर्य प्रसाद आचार्यले पहिरो पिडितहरुको लागि सहयोग गरेकोमा नगरप्रमुख सुर्य प्रसाद अधिकारीले प्रशंसा ब्यत गर्नु भएको छ आफ्नै नगरबासी अप्ठेरोमा परेको बेला यति ठुलोधनराशी एकलरुपमै प्रदान गरेकोमा नगरप्रमुखले धन्यवाद दिँदै सामाजिक क्षेत्रमा गरेको सहयोगको सहि मुल्यांकन हुने र दुखिको घाउमा मलम बन्ने अधिकारीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया