बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

सुनसरी– कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपहानगगरपालिका–१६ की ८३ वर्षीया वृद्धा महिला छिन् भने अर्का मोरङको पथरी शनिश्चरे–३ का ६३ वर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार उच्च रक्तचापका दीर्घरोगी धरान–१६ की वृद्धाको सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मोरङ को पथरी शनिश्चरेका वृद्धलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका दीर्घरोगी वृद्धलाई कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवै मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।