फोरम र नेकपाको खटपटले राष्ट्रिय राजनीति धरापमा !

प्रकाशित मिति:

कात्तिक २७ काठमाडौं । संघीय फोरम सरकारमा गएको पाँच महिना पुरा भएको छ । पाँच महिना पुरा हुनै लाग्दा सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टीसँग फोरमको सम्बन्ध विग्रन थालेको छ ।

गत जेठ १७ मा फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । सरकारमा फोरमले दुइवटा मन्त्रालय र एक राज्य मन्त्री पाएको छ । नेकपासँग दुइ बुँदे सम्झौता गरेर यादव सरकारमा गएका थिए । सम्झौता कार्यान्वयन भएका भए अहिलेसम्म संविधान संशोधन भइसक्नु पर्ने थियो । तर सम्झौता कार्यान्वयन हुनेमा फोरमका नेताहरु अलिकति पनि आशावादी छैनन् । जसबाट संविधान संशोधनको मुद्धा अलपत्र परेको छ ।

गत असोजमा फोरमका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव मन्त्रालयको काममा काजिकस्तान गएको बेला प्रधानमन्त्री केपी ओलीले तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरे । यादब अनुपस्थिति रहेको मन्त्रीपरिषदको बैठकले पुष्पा चौधरीलाई स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । यसबारेमा स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवलाई पनि जानकारी गराइएको थिएन । सुरेन्द्रले पछि मात्र स्वास्थ्य सचिव सरुवा गरिएको जानकारी पाएका थिए ।

स्वास्थ्यका एमाले निकट कर्मचारीहरुले पुष्पाले ‘कांग्रेसी कर्मचारी ’ हरुलाई राम्रो ठाउमा सरुवा गरेको, आफूहरुले भनेको नटेरेको, एमालेसँग निकट सामुदायीक अस्पतालहरुलाई सहयोग नदिएको जस्ता आरोप लगाउदै प्रधानमन्त्रीलाई उचालेका थिए । तर यादव भने तत्काल चौधरीलाई सरुवा गर्ने पक्षमा थिएनन् । पुष्पा महिला कर्मचारी भएको, त्यसमा पनि चौधरी भएकाले चौधरीप्रति यादवको सहानुभुति नै थियो, एक फोरमका नेताले भने । स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र पनि पुष्पालाई सरुवा गर्नु पर्ने पक्षमा थिएनन —स्रोतले भन्यो ।
पुष्पाको ठाउमा राखिएका स्वास्थ्य सचिव सुशील प्याकुरेल एमाले निकट हुन । पुष्पालाई पहिलकै ठाउँमा पुनर्बहाली गर्न सर्वोच्चले आदेश दिएको छ । तर सर्वोच्चको आदेश कार्यान्वनय भएको छैन ।

संघीय फोरमका सांसद हरिनारायण चौधरीलाई भ्रष्ट्राचारको आरोप लगाइ निलम्बन गरिएको विषयमा पनि नेकपा र फोरमवीच खटपट शु्रु भएको छ । यादवलाई निलम्बन हुनुमा नेकपाका भित्री चाहना रहेको फोरमका एक नेता बताउछन् । स्वयम निलम्बित सांसद रौनाीयरा फोरमलाई कमजोर बनाउन योजनाबद्ध किसिमबाट आफूलाई फसाइएको दावी गरेका छन । उनले भने, पप्पुले काम शुरु गरेको ३४ वर्ष भयो । ३४ वर्षसम्म पप्पु राम्रो भयो । कम्पनी राम्रो भयो । पप्पले राम्रो काम गर्‍यो । जब म फोरमबाट सांसद भए । सबै नराम्रो भयो ।’ फोरमलाई कमजोर बनाउन नेकपाका हात रहेको आसय देखाउदै उनले भने,‘यसमा कुन कुन राजनीतिक शक्तिको हात छ । त्यो तपाई बुझ्नुहोस ।’

फोरमका अर्का एक केन्द्रिय सदस्य भन्छिन,‘हामी सरकारमा जाने वित्तिकै नेकपाले हाम्रो भलो चाहन्छ भन्ने होइन । फोरमलाई कमजोर बनाएर संविधान संशोधनको मुद्धा अलपत्र बनाउन नेकपाका नेताहरु लागिपरेका छन ।’ ती नेतृले भनीन् ,‘हामी नेकपाका दास होइनौ । नेकपाका नेताहरुले जे जे भने, त्यो हामी मान्न्न सक्दैनौ ।’

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय अन्तगर्तन साना साना कामहरु,सरुवा बढुवामा समेत नेकपाका नेताहरुले चासो राख्न थालेका छन, जुन कुरा स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्य मन्त्रीले रुचाएका छैनन । गत असारमा एमाले निकट सामुदायीक अस्पतालहरुलाई मन्त्रालयबाट अनुदान दिन नेकपाका नेताहरुले यादवलाई चर्को दबाब दिएका थिए । स्वास्थ्य मन्त्री यादब यतीखेर धेरैजसो विदेशमा हुने गरेका छन् । उनको अनुपस्थितिमा स्वास्थ्य राज्य मन्त्री सुरेन्द्रले काम गर्ने गरेका छन । सुरेन्द्र पनि नेकपाका नेताहरुसँग सन्तुष्ट नरहेको स्रोतको भनाइ छ ।

फोरम निकट स्रोतका अनुसार फोरमका नेताहरु संविधान संशोधनको मुद्धालाई चर्काएर नेकपासँग वार कि पारको सम्बन्ध राख्ने मनस्थितिमा पुगेका छन् । फोरमका राजनीतिक समितिका एक सदस्य भन्छन, ‘अब हामी यसरी बस्दैनौ । संविधान संशोधनको मुद्धालाई चर्काउछौ । नेकपा संशोधन गर्न तयार भयो भने सरकारमा रहन्छौ । भएन भने संशोधनको कारण देखाउदै सरकार छाड्छौ ।’ पार्टी सरकारमा रहेर मधेसमा पार्टीको साख गुमेको ती नेताको विश्लेषण छ । उनी भन्छन,‘सकारमा गएर हामीले भने जस्तो काम गर्न सकेनौ भने किन सरकारमा बस्ने ? भत्ता खान मात्र किन सरकारमा रहने ? त्यसैले सरकारमा छाडेर आन्दोलनमा जानु पर्छ ।’

त्यसो त, फोरम सरकारमा गएको अघिल्लो दिन फोरमले नेतृत्व गरेको प्रदेश दुइ सरकारलाई नेपाल कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यो निर्णयप्रति यादव सन्तुष्ट थिएन । र त्यसपछि पनि नेकपासँग यादवको दुरी बढ्दै गएको छ’ —स्रोतले भन्यो ।