चीनमा एकजनालाई कोरोना देखिएपछि ४७ लाखको परीक्षण गरिँदै

१० कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ– चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ ।सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका बासिन्दालाई शहर नछोड्न आदेश दिइएको छ । सिन्जियाङको काशगार सहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन् । संक्रमण दर घटाउन समग्रमा चीन सफल देखिएको छ । तर संक्रमण फैलिने क्रम भने सुषुप्त रुपमा जारी नै छ ।

सिन्जियाङमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङस्थित सरकारले उत्पीडन गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन् ।काशगार सहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको संक्रमण देखिएको हो ।चिनियाँ सरकारी सञ्‍चारमाध्यमका अनुसार ‘नियमित परीक्षण’का क्रममा ती महिलामा संक्रमण भएको पाइएको हो । चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना भाइरस संक्रमित परेका हुन् ।

ती महिलामा कोरोना देखिएपछि परीक्षण व्यापकरुपमा सुरु गरिएको हो । लक्षण नदेखिएका कोरोना संक्रमितलाई चीनमा आधिकारिक रूपमा संक्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन । कोरोना भाइरसबाट चीनमा हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे