थप १७४१ जनामा कोरोना संक्रमण

१० कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा ६७३ जना भेटिएका छन् । त्यस्तै सुनसरीमा १८५, ललितपुरमा १४६, कास्कीमा १०१, भक्तपुरमा ७६ जना, नवलपरासी पूर्वमा ६० जना, काभ्रेमा ५९ जना, रुपन्देहीमा ५८ जना, झापामा ५० जना, अर्घाखाँचीमा ३३ जना संक्रमित भेटिएका छन् । सप्तरी र मकवानपरमा २९र२९ जना, तनहुँमा २५ जना, चितवनमा २४ जना, कपिलवस्तुमा २२ जना, बागलुङमा १७ जना, महोत्तरीमा १४ जना, मोरङमा १३ जना, धनुषा र बाँकेमा १२र१२ जनामा संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा ८ जना, दोलखामा ७ जना, गुल्मी र नवलपरासीमा ६र६ जना, बारा, सिन्धुली र दैलेखमा ५र५ जना, सर्लाही, रामेछाप, लमजुङ र प्युठानमा ४र४ जना, स्याङ्जा र दाङमा ३र३ जना, सिराहा, सिन्धुपाल्चोक र पर्वतमा २र२ जना, उदयपुर, ताप्लेजुङ, गोरखा, पाल्पा, जुम्ला, रुकुम पश्चिम, अछाम, कञ्चनपुर र दार्चुलामा १र१ जना संक्रमित भेटिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे