२४ घण्टामा ४००५ कोरोना संक्रमित डिस्चार्ज

१० कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४००५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख १५ हजार६७५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ११ हजार ६७० रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८६२ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया