सामाजिक अभियान्ता पंगेनी दम्पतीले आश्रममा मनाए दशैं

प्रकाशित मिति:

सामाजिक अभियान्ता लाल प्रसाद पङ्गेनी कृष्ण एवम् उहाँकी धर्मपत्नी दिव्या पङ्गेनीले यस वर्षको बडा दशैँ बुटवल स्थित मानवसेवा आश्रममा मनाउनुभएको छ । वर्ष २०७७ को दशै सहयोगापेक्षी आमाबुवा, दिदिबहिनी, दाजुभाइ, बाबुनानीसंगै मानव सेवा आश्रममा मनाउने सोचाइ अनुसार आश्रम पुगि दशैं मनाइयो, पङ्गेनीले बताउनुभयो ।

मानव सेवा आश्रम बुटवलको स्थापना काल देखिका अभिभावक समेत रहेका पङ्गेनी घर घरमा चुल्हो अभियान, मानव अधिकार तथा शान्ति समाज, नेपाल रेडक्रस सोसाइटी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, नेपाल शिक्षक सङ्घ, नेपाल प्रेस युनियन लगायतका दर्जनौं संघरसंस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँले हिजो साझ सैनामैना ३ रुपन्देहीमा दुई परिवारलाई दशैमा चुल्हो बाल्न सहयोग गर्नुभएको थियोे ।कोभिड १९ ले पारेको वर्तमान विषम परिस्थितिमा सैनामैना नगरपालिकामा मात्रै करिब २०० परिवारलाई खाद्यान्न सामग्रीको माध्यमबाट चुल्हो बाल्न सहयोगीको भुमिका निर्बाह गर्नुभएको थियो ।