नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार नाघ्यो

प्रकाशित मिति:

काठमाडौँ– नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको छ । गएको २४ घण्टामा १ हजार ७४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् ।

गएको २४ घण्टामा ४ हजार ५ जना निको भएका हुन् । अहिले नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । यस्तै गएको २४ घण्टामा नेपालमा १५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।