चिनियाँ राजदूतले गाइन् रेशम फिरिरि गित

१० कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


१० कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् । मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं उनले ट्वीटरमा लेखेकी छन् ।

नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् बुद्धि परियारले संकलन गरेको ‘रेशम फिरिरि‘’ पहिलोपटक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो नेपालको चर्चित लोक गीत हो । सन् १९७० मा सार्वजनिक भएको यो गीत विदेशीहरुमाझ पनि चर्चित छ । चिनियाँ राजदूत होउ नेपालीहरुको मन जित्ने प्रयासमा अनेक क्रियाकलाप गर्दछिन् । कहिले नेपालका ऐतिहासिक पुरातात्विक क्षेत्रमा गएर फोटो सेसन गर्छिन् भने कहिले नेपाली गीतमा, नेपाली पहिरन लगाएर नाच्छिन् ।

गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन् । चरी जस्तै उड्न पाए गगनको तलतिर बोलको गीतमा उनी साढे तीन मिनेटसम्म नाचेकी थिइन् । ग्रुप डान्समा उनलाई अन्य कलाकारहरुले साथ दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे