बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

११ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ ।  कात्तिक १० गते स्वास्थ्य समस्या भई पिसिआर परिक्षण गराउंदा पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमवार राति ८ ः १७ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।
त्यस्तै, गत कात्तिक ७ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलवार बिहान ६ बजे मृत्यु भएको उनले बताए । गौतमका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया