जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३० औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो।

११ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतवार, अक्टोवर २५, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकोछ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। ३० औं पटकको निशुल्क खाधन्न वितरणआज दिउँसो ३ बजे सम्पन्न भयो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी १,१५२ बक्स निशुल्कदुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: तमु परिवार न्युयोर्क-४८ बक्स, मनाङ समाजअमेरिका-४८ बक्स, भुटानी ऐसोसिएसन न्युयोर्क अमेरिका-२०० बक्स, रिजहुड सोसाइटी – गजेन्द्र बुढाथोकी मार्फत ३६ बक्स, घ्याल्सुम्दो सेवा संस्थाअमेरिका-४८ बक्स, शेर्पा किदुग-१२० बक्स, कर्मरोङ समाज अमेरिका-५८ बक्स, मगर एसोसियन अमेरिका-४८ बक्स, उमा तामाङ+लाक्पा घ्याल्पो+ पेमाछोदेन+ मदानि मस्जिद+ खिलमान-४८ बक्स विजय थुलुङ-१५ बक्स, टेक बा. कार्की+पुष्कर बराल+पल्जुर शेर्पा+भोजराज थोक्कर-९६ बक्स, नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदि-४८ बक्स, मालिनि साह-१० बक्स र लाईन मार्फत सार्वजनिक बितरण ३२९ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशकछिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य एंव महिला संयोजक सुश्री दावा शेर्पा खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशःबिरेन्द्र मानन्धर, अन्नतन्योपाने, आङ दोर्जे शेर्पा, बल राई, फुर्पा शेर्पा, छेवाङ शेर्पा, गेल्बु शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, टंक खडका, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्षनिमा ल्हमो लगायत खटिएका थिए । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया