धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने

प्रकाशित मिति:

कात्तिक ११, काठमाडौं । बडादसैंको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ । धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो । बडादसैंको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।बिहीवारको कारोबार दिनमा १८७ ओटा कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३०हजार ३२८ पटकमा रू। १ अर्ब ९९करोड ४५ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।

पछिल्लो समय वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजारको कारोबार बढ्दै गएको छ । लामो समयपछि नेप्सेले पुनः १ हजार ६०० को मनोबैज्ञानिक विन्दु पार गरेको छ । यति बेला बैंकहरुले ब्याजदर घटाउँदै गएको र निक्षेपमा पनि ब्याजदर न्यून पाइने भएकाले पनि शेयर बजारम आकर्षण बढेको एक लगानीकर्ताले  बताए ।@arthickabhiyan