कालीगण्डकी श्रमिक सहकारीको टनेलमा सामुहिक नगदेबाली तरकारी खेती

११ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


मिन थापा , बिर्घा स्याङ्जा  ११ कार्तिक । कालीगण्डकी  ३, भुष्टुङ् स्थित कालीगण्डकी श्रमिक सहकारीको टनेलमा सामुहिक नगदेबाली तरकारी खेती मौलाएको छ। माननीय मन्त्री पद्मा अर्यालज्यूको योजना अनुसार हरेक हातहरुलाई सीप सहित आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियान अनुरुप गरिबी निवारण मन्त्रालयबाट बिनियोजित रकम अनुसार गत जेष्ठ र असार महिनामा विभिन्न सहकारीहरु मार्फत उपकरण सहित कृषक समुहहरूलाई तालिम प्रदान गरिएको थियोे।

उक्त तालिममा सहभागी कृषक समुहले अहिले तालिमपछि प्राप्त कृषि ज्ञान र प्राविधिक रूपमा पाएका सहयोगको प्रतिफल स्वरुप नगदे तरकारी खेती तथा अन्य आयमुलक उद्वम गर्न सक्षम भएका छन्।गाउँपालिकाको सहजीकरणमा कालीगण्डकी गाउँपालिकाको विभिन्न वडा र टोलका कृषि समुहलाई चरणवद्द्व रूपमा कृषि सम्बन्धी विभिन्न शीपमुलुक तालीम सहित अनुदानको साथमा आवश्यक सामाग्री समेत प्रदान गरिएको थियोे।जस अन्तर्गत वाड नं ४ मा मचबनयल ाचगष्तक खेतीको शुभारम्भ गरिएको छ भने अन्य स्थानका कृषक समुहलाई स्थानीय सहकारी मार्फत च्याउ खेती , अचार बनाउने तालिम तथा माहुरी पालनका लागि तालिमपछि आधुनिक घार समेत बितरण गरिएको थियोे।

यता स्थानीय सरकारले पनि स्थानीय शीप तथा स्रोत साधनको प्रवद्वन सहित कृषिलाई प्राथमिकतामा राखेर सहुलियतमा टनेल र मिनि हातेट्याक्टर बितरणका साथमा कागती र केराका बिरूवा लगायत अन्य नगदेबालीका बिउबिजन , उन्नत जातका बाख्राका पाठापाठी तथा बंगुरका बच्चाहरू बितरण गर्दै आइरहेको छ।साथै पालिकाले विभिन्न जातका डाले घाँस तथा भूँई घाँसका बिउ तथा बेर्ना बितरण सहित कृषि सम्बन्धी तालीमको समेत व्यावस्था गर्दै आइरहेको छ।यसका साथमा आधारभूत कम्पुटर तालीम , आधारभूत पत्रकारिता , लोकसेवामूलक तालीमको समेत आयोजना गर्दै आइरहेको छ।साथै सर्ने र नसर्ने रोग सम्बन्धी जनचेतना मुलक तालीम , बाल स्वास्थ्य सम्बन्धि तालिम जस अन्तर्गत स्थानीय रूपमा सर्वोटम लिटो बनाउने तथा युवाअवस्थाका किशोरकिशोरीको उचित शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि सम्बन्धित स्वास्थ्य संस्थाको सहजीकरणमा विभिन्न स्वास्थ्य सम्बन्धिका जनचेतनाका तालीम समेत प्रदान गर्दै आइरहेको छ।

समय सापेक्ष पालिका भित्रका सामुदायिक विद्यालयको भवनको भौतिक पुर्वाधार विकासमा समेत उचित ध्यानाकर्षण गर्दै स्थानीय सरकारको अनुदान तथा म्एिक्ष्ग् भमगअबतष्यल क्थबलनवब र प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा प्राप्त अनुदानमा गाउँपालिकाका विद्यालयहरूमा नयाँ आधुनिक भवनहरू बन्नुको साथमा विद्यालयमा आधुनिक  शैक्षिक ल्याब समेत धमाधम बन्ने प्रकृयामा छन् – बनिसकेका पनि छन्। त्यस्तै गरी विगतका समयमा भौतिक पुर्वाधारको विकासबाट पिछडिएको गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पर्ने बिकट गाउँपालिका अहिले यातायात , शिक्षा , स्वास्थ्य , कृषि र संचारमा समय सापेक्ष विकासका लागि आवश्यक बजेट र प्रबिधिको प्राप्ति सँगसँगै सुगममा परिणत हुँदैछ। यसैबिच पालिकाको सर्वाङ्गिण र समानुपातिक रूपमा आधुनिक विकासका लागि आफू कुनैपनि हालतमा पछि नहट्ने पालिका प्रमुख खिम बहादुर थापाले बताउनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया