दुई लाख रुपैयाँ सहित जुवा खेल्ने पाँच जना पक्राउ

प्रकाशित मिति:

धनगढी, कात्तिक १२ : कैलालीको गौरीगंगामा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको छ। गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले दुई लाख २३ हजार पाँच सय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो। सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको थियो।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ६ का ६० वर्षीय भक्तबहादुर शाही, ५२ वर्षीय वीरबहादुर साउँद, ४५ वर्षीय डम्मर शाही, ४२ वर्षीय रामबहादुर साउँद र ३६ वर्षीय रंग साउँद रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।