पश्चिम नवलपरासीको सरावल–१, रजाहामा राम मन्दिरको शिलन्यास,

प्रकाशित मिति:

रामु भुसाल-पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नं। १ नयाटोल रजाहा स्थित सोमनाथ महादेव मन्दिर परिसरमा बिहिबार राम मन्दिरको शिलन्यास भएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष गोकुल मणि भण्डारीको अध्यक्षता एवं संघिय सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेलले यो क्षेत्र धार्मिक हिसाबले उत्कृष्ट रहेको हुदा यस क्षेत्रलाई धार्मिक वन तथा धार्मिक पर्यटकिय स्थल निर्माण गर्नका लागी राम मन्दिरको शिलन्यास ले राम्रो भुमिका खेलेको बताउदै उक्त मन्दिर छिटै निर्माण हुने र निर्माण कार्यमा आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो । सोही कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै गाउपालिका अध्यक्ष चौधरीले सरावल गाउपालिकाका सम्पुर्ण पर्यटकिय तथा धार्मिक क्षेत्रलाई प्रवद्र्धन तथा प्रचार प्रसारका लागी योजनाहरु ल्याएको बताउदै गाउपालिकाले सम्पुर्ण भाष धर्म र संस्कृतिको सम्मान गर्दै बिकास गर्दै लैजाने बताउनु भयो सो कार्यक्रममा सरावल गाउपालिका का उपाध्यक्ष उत्तमा राय, रजहा वन बाटिकाका सचिव हरि प्रसाद शर्मा ढकाल नेपाली कांग्रेसकमा संगठन विभाग केन्द्रिय सदस्य मोहन शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो । मिनराज भट्राईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्र्रमको सञ्चालन उमापति बस्यालले गर्नुभएको थियो ।