६८ औँ स्थापना दिवसमा तरुणदल कपिलवस्तुद्धारा खेलकुद सामग्री हस्तान्तरण

१४ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


नेपाल तरुणदलको ६८ औँ स्थापना दिवसको अवसरमा तरुणदल कपिलवस्तुले खेलकुद सामग्री हस्तान्त्रण गरेको छ । तरुणदल कपिलवस्तुले स्थापना दिवसको अवसर पारी बाणगंगा ३ भक्तौलिको क्लब, बाणगङा ४ डुङ्गाहवा र बाणगङ्गा १ बुङ्ची को क्लबका युवाहरुलाई खेलकुद सामग्री हस्तान्त्रण गरिएको तरुणदल जिल्ला सभापति शक्ति सिहं ठकुरीले जानकारी दिएका छन् ।

एक कार्यक्रमको आयोजना गरी स्थानीय खेलाडीहहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले फुटबल, भलिवल लगायतका सामग्री वितरण गरिएको हो । पछिल्लो समय युवाहरु लागुपदार्थ दुव्र्यसनमा लागेको पाईएकोले खेलकुद तर्फ ध्यान केन्द्रित गरी शारिरीक तथा मानसिक विकास गर्ने उद्देश्यले सामग्री प्रदान गरिएको तरुणदल कपिलवस्तुका सभापति शक्ति सिं। ठकुरीले बताए ।

सामग्री पाएसंगै खेलाडीहरुले खुसी व्यक्त गरेका थिए । हस्तान्त्रण कार्यक्रममा तरुणदल जिल्ला शक्ति सिहं ठकुरी, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुणद क्षेत्र न।१ सभापति तिलक थापा, शिद्धार्थ क्याम्पस नेविसंघ ईकाइ सभापति दिनेश क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया