श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक सहयोग ।

प्रकाशित मिति:

गुल्मी १४ कार्तिक । रुकुमको एक क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक रकम सहयोग गरिएको छ । श्री हिमालय श्रंखला चौँरी युवा क्लव पुथा उत्तरगंगा गाँउपालिका ११ शेरा बालुवा रुकुम पूर्वद्धारा बागलुङ ढोरपाटन नगरपालिका ९ का बाढी पहिरो पिडितहरुलाई नगद सहयोग रकम बिहिवार हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण ढोरपाटन नगरपालिका वडा नं। ९ को वडा कार्यालयमा बाढी पहिरो पिडित २२ मृतक घरपरिवारलाई प्रतिघरपरिवार २ हजार, ५सयका दरले र पूर्ण क्षति भएका ७५ घरपरिवारलाई प्रतिघरपरिवार १हजार, ५ सयका दरले कुल १लाख, ६७ हजार, ५सय रकम हस्तान्तरण गरिएको श्री हिमालय श्रंखला चौँरी युवा क्लवका बरिष्ठ सल्लाहकार आषिश बुढामगरले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लवका कोषाध्यक्ष सविन बुढामगर, क्लवका सदस्य शैलेश बुढामगर,विशेष सहयोगी पूर्वी रुकुमका आइटिएफका तेकान्दो संस्थापक अध्यक्ष विजय पुनमगर लगायतको सहभागिता रहेको थियो ।श्री हिमालय श्रंखला चौँरी युवा क्लवको पहलमा संकलन गरिएको कुल १लाख,६८हजार नगद रकम बाढी पहिरो पिडितहरुलाई वितरण गरिएको पूर्वी रुकुमका आइटिएफका तेक्वान्दो संस्थापक अध्यक्ष विजय पुनमगरले जानकारी दिए ।कार्यक्रम ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षतासँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी जुन कुमार विकले गरेका थिए ।