लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग

१४ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १४ कार्तिक २०७७ । लायन्स क्लब अफ बुटवल मुक्तिनाथले बिपन्न परिवारका लागि आर्थिक सहयोग गरेको छ । बिभिन्न सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अर्घाखाँची जिल्लाको छात्रदेब(६ ठूलापोखराको एक बिपन्न परिवारका लागि नगद सहयोग गरेको हो ।

छत्रदेब गाउपालिका ६ निवासी यमबहादुर थापाको केहि समय अघि उपचार नपाएर निधन भएपछी परिबार बिचल्लीमा परेको थियो । आफुले कमाएर परिवारका सबैको गर्जो टार्ने यमबहादुरको आर्थिक अभाबले उपचार नपाएर मृत्यु भएको थियो । वडा अध्यक्ष कमल पौडेलको रोहबरमा मृतक थापाकी पत्नी धुमकला थापालाई क्लबको तर्फवाट रु २५००० को चेक हस्तान्तरण गरिएको हो । क्लबका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता,पुर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ लक्ष्मण रेग्मी,पुर्व अध्यक्ष रिखिराम भट्टराई,भोजराज पाण्डे,बिष्णु भुषाल,राधाकृष्ण पन्थी,उमलाल घिमिरे, लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन क्लबका पीआरओ विश्वमणि भुषालले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया