भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न

१५ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


कमल रेग्मी, भीरकोट – यही मिति २०७७।०६।२३ गतेबाट शुरु भएकोभीरकोट जेसिजको सप्ताह व्यापी कार्यक्रमको आज समापन भएको छ । अनलाइनप्रविधिको माध्यमबाट संचालन गरिएको आजको जेसिज सप्ताह समापन कार्य तथावडास्तरीय बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथाभीरकोट नगर प्रमुख श्री छायाराम खनालले जेसिजले गर्ने हरेक कार्यक्रममानवताको सेवामा केन्द्रित रहने र यस्ता कार्यक्रममा नगरपालिकाको सदैवसल्लाह र सहयोग रहने कुराको प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा बोल्दैनगरप्रमुख खनालले भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणाको अन्तिमतयारीमा रहेको अवस्थामा गरिएको वक्तृत्वकला प्रतियोगिताले सम्पूर्णबालबालिकामा सकारात्मक प्रभाव एवम् नगरपालिका परिवारलाई थप उर्जा प्राप्तभएको जानकारी गराउनुभयो ।

भीरकोट जेसिज २०२० का अध्यक्षीय सल्लाहकार जेसि कृष्ण प्रसाद पौडेलकोसंयोजकत्व तथा संचालनमा भएको आजको जेसिज सप्ताह समापन तथा बक्तृत्वकलाप्रतियोगिता कार्यक्रममा भीरकोट नगरपालिकाका नगर उप(प्रमुख श्री सिमाके‍।सी। कर्माचार्य ज्यू, नगर प्रवक्ता एवम् वडा नं। १ का अध्यक्ष श्रीदिपेन्द्र के।सी। ज्यू, वडा नं। २ का वडा अध्यक्ष श्री कमल त्रिपाठीलगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो । भीरकोटजेसिज २०२० का कार्यकारिणी उपाध्यक्ष जेसी श्री प्रसुन मगरको स्वागतमन्तव्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षतामा भीरकोट जेसिज २०२० काअध्यक्ष श्री मिना खाँणले गर्नु भएको थियो। आज सम्पन्न उक्त कार्यक्रमकोप्राविधिक संयोजनमा भीरकोट जेसिज बर्ष २०२० का शाखा निर्देशक एबं भीरकोटनगरपालिकाका सूचना प्रविधि अधिकृत श्री कमल रेग्मी रहनु भएको थियो ।

हरेक वडाबाट १र१ जना बालबालिका सहभागी गराइएको उक्त कार्यक्रमकोनिर्णायक मण्डलमा भीरकोट नगरपालिकाका शिक्षा प्रमुख श्री नविन थापा, नगरस्तरीय बाल संजाल सहजकर्ता श्री खुमकान्त खनाल र नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष श्री अमृत अर्याल रहनुभएको उक्त कार्यक्रममा वडाअध्यक्ष ज्यूहरु, ९ वटै वडाका ९ जना प्रतियोगी, भीरकोट जेसिजका सम्पूर्णसदस्यहरु, वडा बाल सहजकर्ता लगायत विभिन्न महानुभावहरुको उपस्थिति रहेकोथियो । हरेक प्रतियोगीलाई ५र५ मिनेट समय प्रदान गरिएको बक्तृत्वकलाप्रतियोगितामा वडा नं। ५ का सहभागीश्री सभ्यता तिवारी प्रथम, वडा नं। ६ काप्रज्वल तिवारी द्धित्तीयर वडा नं। १ को प्रतियोगीश्री कृष्ण कुमारी खत्रीर वडा नं। २ का प्रतियोगीश्री शिशिर काफ्लेले तृतीयस्थान हासिल गर्नुभएको थियो ।

स्मरण रहोस्, भीरकोट जेसिजको सप्ताह व्यापी कार्यक्रम यही मिति २०७७।०६।२३गते वृहत रक्तदान कार्यक्रमसंगै सुरुवात भएको थियो । २४ गते छायाँक्षेत्रमन्दिर सरसफाई, २५ गते वृक्षारोपण कार्यक्रम, २६ गते उद्घोषण तालिमकार्यक्रम, २७ गते आइसोलेसन तथा क्वारेन्टाइनमा रहनुभएका व्यक्तिहरुलाईस्वास्थ्य सामग्री वितरण, २८ गते बालबालिकासंग अन्तर्क्रिया कार्यक्रमसम्पन्न गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया