पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा अनुगमन गरियो

प्रकाशित मिति:

रामु भुसाल- नेपाल भारत गण्डक २०१६ को सम्झौता अनुसार बाढि डुवान क्षेत्रमा भएको क्षतकिो बारेमा शनिबार पश्चिम नवलपरासी दक्षिणका क्षेत्रहरुमको अनुगमन गरिएको छ । राष्ट्यि सभा सदस्य संघिघय सांसद राम लखन हरिजनको नेतृत्वमा अनुगमन गरिएको हो ।

अनुगमन का क्रममा सम्झौता भए अनुसार पश्चिम नवलपरासीका साविक १३ गाविस का कमान क्षेत्र को अनुगमन गरी बाढि बाट प्रभावित क्षतीको विवरण संकलन गरिएको छ। सो क्रममा त्रिवेणी सुस्ता गुठि प्रसौनी भुजहवा रामपुर खडौना, सोमनी लगायतका स्थानहरको स्थलगत अनुगमन गरी सम्झौता अनुसार खोला नाला सफाई गर्ने बाढि नियन्त्रण गर्ने रक्षतिग्रस्त भौतिक संरचना सम्झौता अनुसार भारतिय पक्ष द्धारा निर्माण गर्ने र आगामी दिनमा डुवान क्षेत्रलाई नियन्त्रण गरी क्षती कम गर्न भारतीय पक्षलाई प्रतिवेदन पेश गर्न सो अनुगमन गरिउको राष्टिय सभा सदस्य हरिजन ले बताउनु भयो ।

सो अनुगमनमा भारतीय गण्डक उच्चस्तरियका पदाधिकारी नेपाल गण्डक पश्चिम नहर का पदाधिकारी नारायणी सिचाई आयोजनाका पदाधिकारी ,सिचाई विभागका उप महानिर्देशक भु आर्जन तथा सम्पर्क अधिकृत बालमिकि नगर का तारा सिंह थापा लगायतको सहभागिता रहेको थियो । अनुगमनमा भारतीय पक्ष द्धारा तत्कालै खोलाको सरसफाई गरी पानीको निकासको व्यवस्थापन का लागी काम छिटो अगाडी बढाउन समेत स्थानीयले आग्रह गरेका थिए ।