सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो

१५ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सडकदेखि दुईजना सवार मोटरसाइकल तिनाउ खोलामा खसेको छ ।तिनाउ गाउँपालिकाको वडा नं। ३ सिद्धबाबा नजिकैबाट तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु १९ प ७१५६ नं। को मोटरसाइकलसहित मोटरसाइकलमा सवार दुईजना पुरुष खोलामा खसेको प्रहरीले जनाएको छ।

बेलुका करिब साढे सात बजे मोटरसाइकल खोलामा खसेको हुँदा उद्दारमा केही समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताउनुभयो ।मोटरसाइकल सडकदेखि झन्डै सय मिटर तल खसेको हुँदा र उद्दारका लागि सदरमुकाम तानसेनदेखि सशस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख सारुले जानकारी दिनुभयो ।

भिर र रातिको समय भएका कारण घाइतेको अवस्थाबारे जानकारी नभएको प्रहरीले जनाएको छ । यद्यपि दुवैजना जीवितै रहेको प्रहरीको भनाइ छ ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया