अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ

१५ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


कार्तीक १५ । लामो समयदेखी सामाजीक कार्यमा अग्रसर सैनामैनाका बिष्णु अधिकारी र कमला अधिकारी दम्पत्तीले ब्यबसायीक क्षेत्रमा समेत हात हालेका छन । सामाजीक क्षेत्रका बिभिन्न काममा अग्रसर दम्पत्तीले रुपन्देहीको सैनामैना वडा नम्बर ७ देवापार चोकमा सु – सक्षम सप्लायर्स सन्चालनमा ल्याएका छन ।

कोरोना कहरका बिच यस क्षेत्रका उपभोत्ताहरुलाइ सर्बसुलभ रुपमा सेवा दिने उदेश्यले टायल ,मार्बल,धाराका आइटमहरु साथै डेकोरेशनका बिभिन्न सामानहरुको उपलब्धता गराइने सन्चालक बिष्णु अधिकारीले बताए ।क्याम्पस रोड टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका अधिकारीले ब्यबसायीक क्षेत्रमा हात हालेको भन्दै सबैको सल्लाह सुझाबले नै सफलता मिल्नेमा आशाबादी देखीए । भजन टुक्का समाज रुपन्देहीकी उपाध्यक्ष एबम शहिद नारायण प्रोख्रेल बहुमुखी क्याम्पस सन्चालक समितीको सदस्य समेत रहेकी सन्चालक कमला अधिकारीले वडा नम्बर ७ मात्र नभइ सैनामैनाका बिभिन्न क्षेत्रमा आर्कषक र गुणस्तरीय सामान प्रदान गर्ने प्रतीबद्धता जनाइन । लामो समयदेखी बिमा क्षेत्रमा समेत क्रियाशील उनले झण्डै आधा करोडको लगानीमा ब्यबसाय शुरु गरेको बताइन ।

सन्चालक तथा प्रबन्ध निर्देशक सुसिल अधिकारीले स्वदेशमै केही गर्ने सोचका साथ सानै उमेरमा ब्यबसायमा हात हालेको बताए । सैनामैनामा पछिल्लो समय निर्माण क्षेत्रका बिभिन्न सामानहरुको ब्यबसाय बिस्तार हुने क्रम जारी रहेको देखीन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया