“कोरोना सक्रमीको दशै अनुभब : अरुको निधार टल्किएपछी आफै लगाए टिका र जमरा !

प्रकाशित मिति:

कार्तीक १५ । “आएथ्यो बरा दशै यस्तो अनिकालमा  खा खा त भन्थे तर थिएन केही थालमा ”कोरोनाका कहरका बिचमा रन्थनिएका सक्रमीत सैनामैना नगरपालीका वडा नम्बर ७ का चन्द्रप्रकाश बन (रामु) दशैको बिहानै यस्तै रचना र कबिता पढ्दै समयको खेल भन्दै घोत्लिरहेका थिए । प्रत्येक बर्ष दशै निकै उल्लासका साथ आउथ्यो । गाउघर बजार जताततै रमाइलो हुन्थ्यो । तर बिश्वभर फैलीएको कोभिड १९ का कारण आक्रान्त बनेका आम नागरीकहरु यसपटकको दशैमा भने बडो खल्लो मानीरहेका थिए ।

बिदेशबाट घर फर्किनेहरु फर्कन पाएका थिएनन जमघट गर्नेहरु खुलेर रमाइलो पनी गर्न पाएका थिएनन । सबैले आ आफ्नै अभाब दुख र त्रासदीपुर्ण हिसाबले दशै मनाए । यस्तै कोरोना सक्रमीत युवा ब्यबसायी रामु बनले भने सबैको दुख सम्झेर यस पटकको टिका र जमरा आफैले आफैलाइ लगाइदिएको अनुभब सुनाए ।म घरको छतमा आइसोलेशनमा बसेको थिए , दशैको दिन परिवारका अन्य सदस्यहरुले टिका लगाउन थाले म टुलुटुलु छतबाट हेरीरहे , रामु बन दशै अनुभब सुनाउदै गए – मेरो पालो मनले थाम्न सकेन र छतमै अक्षता र जमरा मगाएर आफैले आफैलाइ टिका र जमरा शिउरीए । ” पहिलो पटक गजबको अनुभब बटुलेको उनी सुनाउछन ।

हुन त कैयन बर्ष उनले टिका लगाएका रहेनछन तैपनी यसपाली सक्रमीत भएर अन्य ब्यक्तिहरुलाइ पनी उत्साह दिदा र सन्देशमुलक रुपमा सुचनाहरु पनी सामाजीक सन्जालमा पोस्ट गर्दा नौलो लागेको बताए । कलौनीमा नै रहेको महादेबी बहुउदेश्य सहकारीको अध्यक्ष समेत रहेका उनी राम्रो ब्याडमिन्टन खेलाडीको रुपमा पनी परिचित छन । म जस्दा हजारौ सक्रमीत हुनुभएको छ । तर म फिजिकल रुपमा तनदु्रस्त रहन ब्याडमिन्टन खेल्दा खेल्दै सक्रमीत भएको पत्तै पाइन , बनले भने – यसलाइ हेलचेक्राइ नगरीकन साबधानी अपनाउनुपर्छ । राम्रो सग साबधानी अपनाए फेरीका बर्षहरुमा रमाइलो गरेर टिका जमरा लगाउन पाइने हुदा घरबाटै सुरक्षाका साथ यात्रा तया गर्न अनुरोध गर्दछु । प्रस्तुती : दिपक न्यौपाने