जिपी कोइराला फाउण्डेसनद्धारा ११५ जना लाई सम्मान

१७ कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


न्युयोर्क अमेरिका कोभिड –१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५ जनालाई गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले विभिन्न अवार्डबाट सम्मान गरेको छ । फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई सेनेटर लेरोय कंग्रेबाट कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट सम्मान प्रदान गरिएको छ ।

कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट रामचन्द्र अधिकारी, केन्द्रिय सदस्य तथा महिला संयोजक दावा शेर्पा, प्रेम पौडेल, सूर्य सिंखडा, रेखा श्रेष्ठ, लिला राई लगायतका १ सय १५ जनालाई शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट सम्मान गरिएको हो । गत मार्च २१ ९महिला दिवस का अवसरमा दिइने भनिएको अवार्डहरु पनि शनिबार दिइएको थियो । सो अवार्डहरु भने लकडाउनका कारण वितरण गरिएको थिएन ।

उनीहरुलाई उनीहरुलाई मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका जोन्जालेज रोजासले वितरण गरिन् । सो कार्यक्रममा रोजासले जोजिमपूर्ण अवस्थामा पनि आफ्नो समुदायको लागि खट्नु आफैँमा उत्साहजनक कार्य भएको बताइन् । उनले कोरोनाको जोखिमका बेला पनि नेपाल र अमेरिकामा रहेका नेपालीको चासो राख्दै सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद दिएन् । उनले आगामी दिनमा पनि फाउण्डेसनसँग सहकार्य जारी रहिरहने प्रतिवद्धता जनाइन् । कार्यक्रममा सबलपोष्ट डिजीटल पत्रीकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई पनी सम्मान गरीएको थियो ।

सो कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममा आदीवासी जनजाति महासंघ फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनका बरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री, रुपान्तरण अनलाईनका प्रधान सम्पादक अंकुर लुइटेल लगायतले अफ्ठेरो परिस्थितीका बेला सहयोग गर्नु नै मानवीय धर्म भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया