सुरक्षाकर्मीलाई कोभिडविरुद्ध स्वास्थ्य सामग्री

प्रकाशित मिति:

बुटवल । रोटरी क्लब अफ रुपन्देही र बिजय श्री स्टिल्स प्रा। लि कपिलबस्तुको सहकार्यमा कोभिड–१९ विरुद्ध स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना संक्रमण बढेपछि सोबाट बच्नका लागि क्लबको सक्रियतामा विजया स्टिलको सहकार्यमा प्रहरीलाई मास्क, सेनिटाइजर, साबुन लगाएतका सामग्री वितरण गरेको हो ।

अभियान अन्तर्गत आइतबार तिलोत्तमा स्थित महुवारी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मंगलापुर, प्रदेश ट्राफिक कार्यालय बुटवलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गौतम भुषालले जानकारी गराए । उनले महामारीमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सतर्कताका लागि रुपन्देहीका विभिन्न प्रहरी कार्यालयहरुमा कोभिड विरुद्ध स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रदेश ट्राफिक कार्यालय, बुटवलका प्रमुख डम्बर बहादुर विश्वकर्माले यस अगाडि पनि रोटरी क्लव अफ रुपन्देही मार्फतअटोमेटिक सेनिटाइजर डिस्पेन्सर पनि सहयोग प्राप्त भएको बताउँदै प्रभावकारी सहयोगको लागि धन्यवाद व्यक्त गरे । त्यसैगरी महुवारी प्रहरी चौकीको कार्यक्रममा बोल्दै क्लबका पूर्व अध्यक्ष देवानन्द पाण्डेले ग्रामीण क्षेत्रमा रहेर शान्ति, सुरक्षा कायम गर्दै महामारी नियन्त्रणका लागेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री अभाव देखिएको हुँदा क्लबले सहयोग गरेको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै क्लबका प्रथम उपाध्यक्ष ऋषि भण्डारीले संक्रमण तथा महामारीमा क्लबले चालेको अभियानमा विजया स्टिल प्रालिे सहकार्य र सहयोग गरेको बताउँदै निरन्तरताको कामना गरे । त्यसैगरी उद्योगका महाप्रबन्धकरसेल्स एण्ड मार्केटिङ अनिल मिश्रले संकटमा सामाजिक दायित्व अन्तर्गत समाजलाई सहयोग गरेको बताउँदै अवसरका लागि धन्यवाद ज्ञापन गरे । साथै उनले उद्योगले आगामामी दिनमा पनि सामाज जनहितमाहुने यस्ता खालका कार्यक्रममा सहकार्य गर्न तगार रहेको समेत बताए ।

थप समाचार