स्याङ्जा समाज युके र क्यान युके द्वारा संयुक्त रुपमा मास्क र सेनिटाइजार बितरण

१७ कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


देश बिदेशमा रहेका नेपालीहरुलाई आपत बिपतको समयमा राहत बितरण गर्दै आइरहेको स्याङ्जा समाज युकेले बेलायतमा रहेको गोर्खा कम्युनिटीलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिएको छ । आइतवार अल्डरशटको शिव कल्चरल सेन्टर र गुम्बामा पुगी कोरोनाभाइरसबाट बच्नको निम्ती अपनाइने सुरक्षा कवच भित्र पर्ने मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको छ । स्याङ्जा समाजको अगुवाईमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन एलबिजेड गुरुङले गरेका थिए ।

स्याङ्जा समाज युके का अधक्ष्य सरदा गुरुङ र क्यान युकेका संयोजक डा। बलराम ढकालको नेत्रित्वमा उक्त कार्यक्रम भएको थियो । स्याङ्जा सहयोग समाजका अधक्ष्य सरदा गुरुङले यस्ता परोपकारी काम निरन्तर जारी रहने बताउदै बाढी पहिरो बाट स्यङजामा पीडित हुनेहरुलाई पठाएको सहयोगको ठीक समयमा ठीक ब्याक्तीले पाएको पनि बताउनु भयो।बेलायतमा सबै नेपाली एक भन्ने हेतुका साथ सम्पूर्ण गोर्खा समुदायलाई मास्क र स्यानिटाइजर बितरण गर्न पाउनु सम्पूर्ण स्याङ्जा समाज युके गौरवान्वित भएको छ ।

बेलयातको बिभिन्न ठाउहरूमा पुगेर समुदायहरूसंग सहकार्य गरी कोविड १९ बाट प्रभावित अल्डरसट, केन्ट आसफोर्ड, फोकस्टोन, लन्डन ह्रेरो, बेजिङस्टोक, टिडवर्थ, ननिटन लगयात अन्य ठाउहरूमा बुवाआमाहरुको लागि करीब २५ हजार थान मास्क र ५ हजार सेनिटाइजरहरु वितरण गरेको क्यान युकेले जनाएको छ । क्यान युके र स्याङ्जा समाज युकेको लामो समय देखी सहकार्य हुँदै आइरहेको छ ।परोपकरी कार्य जारी रहने बताउदै अध्यक्ष सारदा गुरुङले बेलायतमा बसोबास गर्ने सम्पूर्ण स्याङ्जाली समुदाय लाई स्याङ्जा समाज युकेको सदस्यता लिन आग्रह पनि गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया