बैदेशिकरोजगारीका लागि संभावित कामदार र फर्किएका कामदारहरुका लागी एक दिने गहन अभिमुखीकरण कार्याक्रम बर्दघाट–१६ सम्पन्न,

प्रकाशित मिति:

रामु भुसाल- ईन्द्रेणीसमाजिक विकास मञ्च पञ्चनगरद्धारा संचालित सुरक्षित आप्रवासन  परियोजना (सामी हेल्भेटासको ) आयोजना र बर्दघाटनगरपालिकाको आर्थिक सहयोगमा बैदेशिक रोजगारीका लागी संभावित कामदार र बैदेशिकरोजगार बाट फर्किएका कामदारहरुका लागी एक दिने गहन अभिमुखी करण कार्याक्रम सोमबारबर्दघाट १६ सिद्धनगरमा सम्पन्न भएको छ ।

 

बर्दघाट नगरपालीका वाड न १६ का वडा सदस्य फुलमायाविकको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायिक समिति समयोजक मायादेवी पौडेलको प्रमुख आतिथ्यता एवं बर्दघाट नगर रोजगार समयोजक जंग मल्लको विशेषआतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गाउ घर बाट युवाहरु लहलहैमा सुचना र सिप तालीम नलिई नबुझि बैदेशिक रोजगारमा जादा समस्यामा पर्ने गरेकोहुदा र बैदेशिक रोजगारमा जादा सिप तालिम र सुचना लिएर गएमा बैदेशीक रोजगारसुरक्षित र मर्यादित हुने बताउदै बर्दघाट नगरपालिकाले विभिन्न सिप मुलक तालिमको समेतआयोजना गरेको हुदा नगरपालिकामा समन्वय गरि लाभ लिन समेत आग्रह गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै बिशेष आतिथि मल्लले युवाहरु ब्ैदेशिक रोजगारी भन्दा पनि स्वरोजगारतर्फ उन्मुख भई स्वदेशमै व्यवासायिक हुन आग्रह गनु भयो ।

 

सो अभिमुखि करण कार्यक्रमाबैदेशिक रोजगारीमा जानु पुर्व गरिने तैयारी सिप तालिमको महत्व र सुचनाको बारेमासहभागीहरुलाई जानकारी गराईएको थियो । सो कार्यक्रममा बैदेशिक रोजगारीमा जानतयार भएका र बैदेशिक रोजगार बाट फर्केका कामदार लगायत ३० जनाको सहभागिता रहेकोकार्यक्रमको सहजिकरण आप्रवासी स्रोत केन्द्र परासीका परामर्शकर्ता मुन्ना हरिजन,परियोजनाका वित्तिय सहजकर्ता नारायण दत्त घिमिरे, सामी परियोजनाका रामु भुषाल र आप्रवासीस्रोत केन्द्र सेमरीकी सहजकर्ता एकता न्यौपानेले गर्नु भएको थियो । सामी परियोजनालेजिल्लाका स्थानिय तहको सहयोगमा बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलव्धीमुलक बनाउन बिभिन्न गतिबिधिहरु सञ्चालन गदै आएको परियोजनाका संयोजक ज्ञानेश्वरभन्डारी ले जानकारी दिनु भयो  ।