सैनामैना नेकपामा पहिरो एकै गाउँका १८६ जना कांग्रेस प्रवेश

प्रकाशित मिति:

प्रदिप ज्ञवालि / सैनामैना – नेकपा सैनामैना पाँच प्रगतिटोलमा पहिरो गएको छ । आज एउटै टोलका १८६ जना नेपाली काङ्ग्रेसमा प्रवेश भए पछि सो गाउमा नेकपा रित्तिएको छ । आज सैनामैना पाच प्रगतिटोलमा एक कार्यक्रमको आयोजना गरि सो टोलका जनतालाइ टीका खागाले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले सम्मान गरि पार्टी प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लेखासमिति सभापति साहले भस्टचारमा लिप्त सरकारले जनतालाइ ठगेको आरोप लगाउनु भएको छ । उहाँ भन्नुहुन्छ `जनताको सुख दुखको साथि काङ्ग्रेस हो ´ हामी तपाइको यश क्षेत्रको बिकासको संवाहक बन्न चाहान्छाै । जनतालाइ सन्तुष्ट बनाउने गरि जनताको काममा आफु लागेको उहाले बताउनुभएको छ ।     

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि एवम् काङ्ग्रेस रुपन्देहीका उपसभापति फणीन्द्र शर्माले गरिब जनताको कुरा सरकारले नसुनेको आरोप लगाउनु भएको छ । जनताको कुरा सुनेर काम गर्नु पर्ने कुरा उहाले राख्नु भएको थियो । त्यस्तै काङ्ग्रेसका युवा नेता बिष्णु प्रसाद पोखरेलले जनतालाई दुख दिएको यस सरकारलाइ जसरी पनि अर्को कार्यकाल सत्तामा जान दिन नहुने तर्क राख्नु भएको थियो । काङ्ग्रेस सैनामैनाका नगर सभापति रामप्रसाद अधिकारीले अधिनायकवादि यस कम्युनिस्ट सरकार निरइ्कुश बनेको आरोप लगाउनु भयो । प्रवेशिहरुको नेत्रित्व गर्दै कार्यक्रममा बोलेका बिजय सुनारले हामी जुन अपेक्षाका साथ यस पार्टिका आएका छाै सोही अनुसार नेतागण कटिबद्द भएर लाग्नु पर्ने बताउनु भएको छ । नेपाल तरुण दल सैनामैनाका कोषाध्यक्ष खेमराज पोखरेल लगायतका नेताहरुले प्रवेश गराउन केही समय देखी पहल गरीरहनु भएको थियो

कार्यक्रम वडा सभापति तुलसिराम पोखरेलको अध्यक्षता , सार्वजनिक लेखासमितिका सभापति भरतकुमार साहको प्रमुख आतिथ्यता , जिल्ला उपसभापति फडेन्द शर्माको बिशिस्ट आतिथ्यता तथा नगर समिति , जिल्लाका पदाधिकारी , भातृ सङ्गठनका पदाधिकारि, पत्रकार , आदिको उपस्थिति रहेको कार्यक्रममा तुलसा भुसालको स्वागत् तथा भोज प्रसाद पाण्डेको सञ्चालन रहेको थियो ।