स्व धितालको ५ औं दिनको पुण्य तिथीमा शोकसभा सम्पन्न

१८ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


विपी विचार राष्ट्रिय समाज रुपन्देहीले नेपाली कांग्रेसका नेता तथा पुर्व जिविस सभापति विजय धितालको देहावसान भएको ५ औं दिनको पुण्य तिथीमा शोकसभा सम्पन्न गरेको छ । समाजका जिल्ला अध्यक्ष शरद भट्टराईको सभापतित्व तथा सार्वजनिक लेखा समितीका सभापति माननिय भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शोक सभामा बोल्दै शाहले स्व. धितालले रुपन्देहीको विकासको खाका कोर्न सफल भएकाले कांग्रेसले त्यसमा गर्भ गर्न पाइरहेको बताए ।

सभामा माननीय प्रमोद यादव, कांगे्रसका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला सचिव रामकृष्ण खांण, क्षेत्र न २ का सभापति मातृका यादव, नेपाली कांग्रेसका नेता युवराज गिरी, युवा नेता तथा विपी विचार राष्ट्रिय समाजका सल्लाहकार विष्णु पोख्रेल, विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रोमणी पाठक, नेपाली कांग्रेस बुटवल उपमहानगरपालीकाका सभापति खेलराज पाण्डेय, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा विपी विचार समाज तिलोत्तमाका सभापति कल्याण पौडेलले स्वागत गरेका थिए भने समाजका जिल्ला सचिव कृष्ण पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया