नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त

१८ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।

प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११९१० बमोजिम कार्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले जानकारी दिए । खान रुपन्देही क्षेत्र नम्बर ५९२० बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस अघि बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमाल प्रमुख सचेतक थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया