कपिलबस्तुमा बाल विवाह न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न !

१८ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


कपिलबस्तु १८ कार्तिक । बाणगंगा नगरपालिका वडा नं. ८ कपिलबस्तुमा बाल विवाह न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुको आयोजना तथा बाणगंगा न.पा ८ वडा कार्यालयको सहकार्यमा बाल विवाह न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।  ‘हर प्रहर, गाउँ र नगरी । टोल टोलमा नेपाल प्रहरी’ ले समाजमा भएका विभिन्न सामाजिक अपराधिक क्रियाकलाप, हत्या, हिंसा लागु पदार्थ दुव्र्यवसन जस्ता विभिन्न किसिमका घटनाहरुको विरुद्धमा अभियान चलाउँदै आएको छ । यही क्रममा बाणगंगा वडा नं. ८ को वडा कार्यालयमा शान्तिपूर्ण एंव सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बाल विवाह न्यूनिकरण सचेतना मुलक मंगलबार एक कार्यक्रमको बिच वडा कार्यालय बोर्डगाउँमा सम्पन्न भएको हो । बाणगंगा नगरपालिका वडा अध्यक्ष गुणनीधि भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा जनप्रतिनिधी, वडा स्तरीय बाल संञ्जाल, युवा संजाल, महिला संजाल, टोल विकास, संघ संस्थाका पदाधिकारी, राजनीतिक दल, अगुवा बुद्धिजीवि, पत्रकार लगायत ३० वढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका ईनिसपेक्टर दिनेश गुरुङ्गले अझै पनि समाजमा शिक्षा, जनचेतनाको अभावका कारण बाल विवाह हुने गरेको बताए । उनले चेतनाको अभाव संगै कतिपय शिक्षित परिवारमा समेत बाल विवाह हुने क्रम नरोकिएको भन्दै यस किसिमको सामाजिक विकृतिहरुको अन्त्यको लागि आफ्नो परिवार, छरछिमेक, टोलबाट नै सचेतना मुलक कार्यक्रम गर्न जरुरी रहेको बताए । ईनिस्पेक्टर गुरुङ्गले सानै उमेरमा विवाह गर्दा बालबालिकाको शरिरिक तथा मनसिक रुपमा परिपक्का नहुदा विभिन्न किसिमको सामाजिक दुर्घटन निम्ताउने बताए । उनले बाल विवाह कानुनी रुपमा सामाजिक अपराध रहेको बताउँदै २० बर्ष नपुगेको बालबालिकाले विवाह गर्ने र गराउने दुवै कानुनी रुपमा सजय भोग्नु पर्ने बताए । बालविवाहका कारण बालबालिकाको चौतर्फी विकासमा बाधा पर्नेे बताउँदै गुरुङ्गले २० वर्ष पछि मात्र विवाह गनुपर्ने धारणा राखेका थिए । उनले भने–‘बाल विवाह सामाजिक अपराधलाई न्युनिकारण गर्न तपाई हामी जनप्रतिनिधी, टोल विकास संस्था, विभिन्न समाजिक संघ संस्थाहरुको नियमित छलफल सहयोग र सहकार्य गर्दै अगाडी वढ्न आवश्यक छ । त्यसको लागि तपाईहरुको साथ र सहयोगको चाहिन्छ ।’

त्यस्तै वडा अध्यक्ष भुसालले बाणगंगा वडा ८ वडालाई छिट्टै नै बाल मैत्री वडा घोषणा गर्ने बताए । उनले बाणगंगा वडा नं. ८ मा आफुहरुले विभिन्न किसिमका सामाजिक तथा संस्कृति कार्यक्रम गर्न वडा स्तरिय समितिहरु गठनले सहज भएको बताउँदै टोल विकास संस्था, महिला संजाल, युवा संजाल, वाल संजाल, जेष्ठ नगरिक मञ्च, जातिय संस्कृति संरक्षण तथा सम्बद्र्धन सभा गठनले आफुहरुलाई सामाजिक कार्यहरु गर्न सहज भएको र बाल विवाह न्युनिकारण सचेतना मुलक कार्यक्रम गर्न समेत सहज हुने प्रतिक्रिया दिए । उनले प्रहरीले गर्ने हरेक कार्यमा आफुहरुको सहयोग र साथ रहने प्रतिक्रिय दिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया