बागलुङ सेवा समाज मलेसियाद्वारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

प्रकाशित मिति:

कौरव खत्री ,गुल्मी १९कार्तिक । बागलुङ्गको ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाकाका बाढी पहिरो पिडितहरुको लागि आर्थिक सहयोग गरिएको छ । बागलुङ सेवा समाज मलेसियाद्धारा पठाइएको सहयोग साथीभाइ डिजिटल प्रालिका प्रवन्ध निर्देशक रामु बिरहीको नेतृत्वमा ढोरपाटन नगरपालिकाको दैवी प्रकोप तथा राहत कोषमा नगद रु.१लाख,६५ हजार,५ सय,५० रुपैया र निसिखोला गाँउपालिकामा नगद रुः २५ हजार नगद आर्थिक सहयोग बाढी पहिरो पिडितहरुका लागि हस्तान्तरण गरिएको सञ्चारकर्मी मिनु विसीले जानकारी दिइन ।

बागलुङ सेवा समाज मलेसियाको पहलमा हाल मलेसियामा रोजगारीको शिलशिलामा कार्यारत नेपाली युवाहरुबाट संकलन गरि पठाएको कुल १लाख,९०हजार,५सय, ५० रुपैया रकम बाढी पहिरो पिडितहरुलाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकम वितरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली,ढोनपा वडा नं. १का वडाअध्यक्ष चित्र बहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दिल्लीराम भट्टराई,साथीभाइ डिजिटल प्रालिका प्रवन्ध निर्देशक रामु बिरही,सञ्चारकर्मी मिनु बिसी,समाजसेवी रोशन विश्वकर्मा,निसिखोला अनलाइन न्युजका सञ्चालक कुम्विर विश्वकर्मा,युवा समाजसेवी बिमल शाही र महिला समाजसेवी दिपा विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । बागलुङ सेवा समाज मलेसियाले विगत लामो समयदेखि सामाजिक कार्यहरु गदै आइरहेको छ ।