पर्यटकको पर्खाईमा रानीमहल

१९ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


जि।के। पाण्डेय। कार्तिक १८, परिचय-धिर शमसेरका १७ भाई छोरा मध्यका एक अर्को भाई बिर शमसेरको प्रधानमन्त्रीत्व कालमा उनका भाई खड्ग समशेर कमाण्डर ईन चिफ भएको १८ महिनामा पश्चात पदच्युत भई पाल्पामा निर्बासित गरिए। बि।सं। १९४५ मा उनलाई रुपन्देही,कपिलबस्तु,पर्बत,बाग्लुङ्ग लगायतका क्षेत्रका जिम्मेवारिका साथ पाल्पाको गौडामा पश्चिम कमाण्डर जनरलको रुपमा बस्ने अनुमति दिईयो,बि।सं। १९४५ मा आफ्नी अत्यन्तै प्रिय रानी तेज कुमारी देवीको मृत्युको समयमा भाव बिह्वल भएका खड्ग समशेरले आफ्नी रानी तेज कुमारी सँग भारतको आग्रामा रहेको ताज महल जस्तै बगैँचा सहितको दरवार निर्माण गर्ने अन्तिम बचन दिएका थिय।आफ्नी रानीको सम्झनामा भारतमा रहेका इन्जिनियर झिकाई ५ बर्ष लगाएर बि।सं। १९५४ मा निर्माण सम्पन्न गरिएको यस दरबारलाई नेपालको ताज महलको रुपमा चिनिन्छ।

तानसेन देखि १३ कि।मी। उत्तर काली गण्डकीको तिरमा भिरालो चट्टानमाथि ५(१५(०(२ क्षेत्रफलमा रहेको यस दरवार सम्बन्धी २ ओटा पुल,अवल,वैकुण्ठे,झरना,हात्तीढुंगा र बि।सं।१९९० मा पाल्पाको छेर्लुङ्गसम्म पुर्याईएको २ ओटा कुलो तानसेन देखि दरबार जाने बाटोको बीचमा पर्दछन्।यस दरवारमा आउने अर्को बाटो स्याङ्गजाको मिर्मि,बिर्घा,वैघा,बटिचौर,सटुका तर्फबाट समेत रहेको छ उल्लेख गरिएको स्याङ्गजा तिरको बाटो भएर खड्ग शमसेरले दरबारमा हात्ती समेत ल्याएका थिय भन्ने भनाई छ।उत्तर तर्फको बुर्जाको जग कालीगण्डकी नदीको किनार बाटै रहेको यस दरबारमा २४ कोठाहरु,२ओटा पोखरी,बगैंचा,मन्दिर,पाटी,घोडा तबेला साथै भक्तिनिहरु बस्ने स्थान समेत रहेका छन्।खड्ग शमसेर पाल्पाबाट पलायन भएपछि संरक्षणको अभाबमा यो दरबारका कैयौं बहुमूल्य सामानहरु सड्ने,चोरी हुने,हराउने,बिग्रने र दरबार भग्नाबशेष हुँदै गयो।

हिन्दु धर्म शास्त्रीहरुको अनुसार यस स्थानमा बगेको नदी उत्तरतर्फ९उत्तरबाहिनी० बगेको हुनाले यहाँ स्थान गर्नाले अथवा जल मात्र छोएपनि पबित्र भइन्छ भन्ने भनाई रहेको र हाल स्वदेशि तथा बिदेशी पर्यटकको अलावा तीर्थयात्री समेत आउने गर्दछन्। यो सुन्दर महल रानी तेज कुमारीको सम्झानामा नेपालकै ऐतिहासिक पुरा-तात्विक महत्वको धरोहरको रुपमा रहेको छ।कोरोना कहरपछि-हाल कोरोना महामारी सँगै बिगत ७ महिनादेखि यो दरवार पुर्णरूपमा बन्द रहेको छ भने दिनहुँ जसो स्वदेशी तथा बिदेशी पर्यटकहरुको घुइँचो लाग्ने यो दरबारमा हिजो आज चहलपहलमा निकै कमी आएको दरबारको सुरक्षार्थ खटीएका प्रहरी जवान रमेश आचार्यले कालीगण्डकी पोष्टलाई जानकारी गराए।
निकै राम्रो ब्यापार ब्यबसाय चलिरहेको यस क्षेत्रका होटलहरु कोरोनाको कहरसँगै हालका दिनहरुमा बैंकको किस्ता तिर्नपनी मुस्किल भएको स्थानीय होटल ब्यबसायी प्रबिन भट्टराईको अनुभव छ। आशा गरौं यो कहर छिट्टै अन्त्य हुनेछ र रानीमहलले स्वदेशी तथा बिदेशी पाहुनालाई आफ्नो आँगनमा स्वागत गर्नेछ साथै स्थानीय ब्यबसायीहरु पनी ढुक्कसँग आफ्नो ब्यबसाय गर्न पाउनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया