महरा पत्नी सीताको शब सेनाद्धारा पशुपतिमा व्यवस्थापन

प्रकाशित मिति:

कार्तिक १९ काठमाण्डौं । पूर्वसभामुख एवं दाङका सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । निमानियाको बिरामी रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भए पछि शब सेनाले व्यवस्थापन गरेको हो ।

सेनाले शब व्यवस्थापन गर्ने क्रममा पूर्व सभामुख महरा सहितका अन्य विभिन्न नेता र व्यक्तिहरु सहभागी थिए । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। सीता महरा २०१८ साउन १३ गते जन्मिएकी थिईन् । कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उनीहरुका दुई छोरा र दुई छोरी रहेका छन्। महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोडेर भाग्न सफल भएकी थिईन्। त्यही दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएको थियो ।
गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।यसैबीच प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतकाले महराको निधनमा शोक व्यक्त गरेका थिए ।