म राजीनामा दिने वाला छैन : प्रधानमन्त्री ओली

१९ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, कात्तिक १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु भएको बताएका छन्।

मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ र ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’ प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया