नरवणेविरुद्ध माइतीघरमा प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघरमा भेला भएर केही व्यक्तिले आज विरोध प्रदर्शन गरेका हुन् ।

कालो झण्डसहित प्रदर्शनमा उत्रिएका ती व्यक्तिहरुले ‘गो ब्याक मनोजमुकुन्द नरवणे’ भन्ने नारा लगाइएको छ ।भारतीय सेनाले कालापानी छोड्नुपर्ने माग गर्दै ‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा समेत लागेको थियो । सेनाध्यक्ष नरवणे आज अपरान्ह सेनाको विशेष विमानबाट नेपाल आएका छन् ।