सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन,रुपन्देहीद्वारा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सुनगाभा सामुदयिक बिकास केन्द्र,कञ्चन,रुपन्देहीको आज सामाजिक परिक्षण भएको छ ।केन्द्रको नियमित बार्षिक कार्यक्रम अन्तर्गत केन्द्रले गत आ.व. २०७६/०७७ मा गरेका बार्षिक कार्यक्रमहरुको सरोकारवालाहरुको सहभागितामा सामाजिक परिक्षण गरिएको हो ।सामाजिक परिक्षणमा बिभिन्न राजनैतिक दल,सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी,लक्षित कार्यक्षेत्रका लक्षितवर्गका प्रतिनिधीहरुले सुनगाभा सामुदायिक बिकास केन्द्रद्वारा संचालित कार्यक्रमहरु लक्षित समुदायमा नै केन्द्रित भएको र कार्यक्रमले सार्थकता पाएको बताएका छन।

सुनगाभा सामुदायिक बिकास केन्द्रले संचालन गरेको किशोरी सम्वाद केन्द्रमा शसक्तिकरण कार्यक्रमहरुबाट उत्पादित जनशक्ती भएको बताउदै कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा सामाजिक परिक्षण २०७७ का प्रमुख अतिथि गोमा तरामुले कोभिड १९ का कारण धेरै किशोर किशोरीहरुमा डिप्रेसन बढिरहेको कारण आत्म हत्या तथा बलत्कार जस्ता अपराधिक कृयाकलाप बढेको बताउनु भएको छ। उपाध्यक्ष तरामुले किशोर किशोरीहरुमा मानसिक रुपमा शसक्तिकरण बनाउन र मानसिक डिप्रेसन भएका ब्यक्तिहरुलाई स्वस्थ बनाउन औषधी भन्दा काउन्सिलिंगको आवस्यक पर्ने बताउदै स्थानिय सरकारको समन्वयमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।कार्यपालिका सदस्यय रेनु कुंवरले सुनगभा सामुदायिक बिकास केन्द्रले किशोरी सम्वाद केन्द्र मार्फत किशोरीहरुलाई आफ्नो हक अधिकारका लागि शसक्तिकरण गराउनमा महत्वपुर्ण काम गरेको र अविभावकहरुका बिचमा पनि महिला हक अधिकार सम्वन्धी सम्वाद कार्यक्रम संचालन गरेर महिलाहरुलाई महिला हिंसा बिरुद्ध सामुहिक आवाज निकाल्ने जस्ता कार्यहरुमा शसक्तिकरण गरेकोमा धन्यवाद दिदै बालिका बलत्कार र यौन हिंसाको अन्त्यका लागि स्थानिय सरकार र सरोकारवालाहरुसंगको सहकार्य र समन्वयमा थप कार्यक्रमहरु संचालन गर्नु पर्नेमा जोड दिनु भएको छ।यसैगरी अर्का कार्यपालिका सदस्य लक्ष्मी परियारले केन्द्रले महिला,किशोरी,मानव बेच बिखन बिरुद्ध तथा मानसिक स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको भएपनि बत्ती मुनिको अध्याँरो भने झैं संस्थाका रजिस्टर क्षेत्रमा भैरहेको महिला तथा बालिका हिंसा,यौन हिंसा र मानसिक स्वास्थ्यमा समस्या आएका ब्यक्तिहरुको पहिचान गर्न नसकेको र ती समस्याहरुको पहिचान र समाधानका लागि गाउपालिकाले आवस्यक सहयोगका लागि आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

यसैगरी रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज बिमला पाण्डेले कञ्चनमा मानसिक स्वास्थ्यका बिरामीहरु २७ जना भन्दा बढी भएको र कोभिड १९ ले डिप्रेसनका बिरामीहरु झन बढिरहेको र उक्त समस्याले बिकराल रुप लिन नपाउदै समाधानका लागि सुनगाभा सामुदायिक बिकास केन्द्रले कञ्चनमा पनि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भएको छ भने सरस्वती माध्यमिक विधालयका प्रधानाध्यापक शिवकला खनालले आफ्नो विधालयमा मानसिक स्वास्थ्य समस्या भएका विधार्थी भएको र उनिहरुको स्वास्थ्योपचार गर्न ती परिवारहरुमा आर्थिक समस्या भएको कारण पनि मानसिक स्वास्थ्यमा समस्या आएको हुदा काउन्सिलिंगको आवस्यक हुने बताउदै कञ्चनमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भएको थियो ।रुद्रपर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिनानाथ आचार्यले हरेक क्षेत्रमा देखिएको समस्याको सामधान एउटा गैर सरकारी संस्थाले मात्र सम्भव नहुने र समाजमा घटने हरेक घटना तथा सामाजिक बिकृतिहरु गरिबी र आर्थिकसंग जोढिएको हुदा स्थानिय सरकाले आफ्नो बार्षिक योजनाहरु ल्याउदा आर्थिक उपार्जन र गरिबी निवारणसंग सम्बन्धित कार्यक्रमहरु ल्याउन सके राम्रो हुने बताउदै सुनगाभा सामुदायिक बिकास केन्द्रले अरुले दिएको सहयोगको भरमा गरिएको कार्यक्रम प्रभावकारी हुदा हुदै पनि यसको दीगोपनका लागि कार्य क्षेत्रसंग जोडिएका स्थानिय निकायहरुसंग समन्वय र सहकार्यमा कार्यक्रम संचालन गर्नु पर्ने सुझाव दिनु भएको छ।

सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रेम बहादुर बि.क.को अध्यक्षतामा भएको सामाजिक परिक्षणमा कञ्चन ४ का वडा सदस्य केशर बहादुर खत्री,इलाका प्रहरी कार्यलयका इन्चार्ज तथा प्रहरी निरीक्षक देवेन्द्र मल्ल,समाजसेवी किरण के.सी.सूर्यपुरा साथी सञ्जालकी सल्लाहकार भवि क्षेत्री,सहजकर्ता प्रतिक्षा टण्डन,लम्बिनी किशोरी समवाद केन्द्रका राज कुमार लोध,प्रगती किशोरी सम्वाद केन्द्रकी एनिमेटर मनिका बि.क.,राम कुमारी चौधरी लगायतले सुनगाभा सामुदायिक बिकास केन्द्रले गरेका बिभिन्न परियोजनाहरुको मुल्यांकन र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरुको बारेमा सुझाव सहितको सामाजिक परिक्षण गरेका थिए ।सामाजिक परिक्षणमा सहभागीहरुले उठाएका बिषयहरुको बारेमा सम्वाद परियोजना अधिकृत सृजना चौधरी,मानसिक स्वास्थ्य परियोजनाका परियोजना अधिकृत अमृता थापा,मानव बेचबिखन बिरुद्ध परियोजनाका परियोजना अधिकृत जितेन्द्र चौधरी,ए.के.परियोजनाका फिल्ड सुपरभाइजर प्रदिप केवट लगायतले प्रष्टिकरण गर्नु भएको थियो भने केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के.सी.ले सुनगाभा सामुदायिक बिकास केन्द्रले बिभिन्न दातृ निकाय,सहयोगी संस्था र साझेदार संस्थाहरुको समन्वय र सहयोगमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

केन्द्रले रुपन्देहीको धकधई,सौ फर्साटिकर,मझावां,कञ्चन,गैडहवा गाउपालिका,शुद्धोदन,लुम्बिनी सांस्कृतिक नगर पालिका र सैनामैना नगरपालिकाका बिभिन्न वडा र नगरहरुमा सन २०१३ देखि यनाइटेड मिसन टु नेपालसंको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य परियोजना,मानव बेच बिखन बिरुद्धको परियोजना र किशोर किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य परियोजना,स्ट्रोम फाउण्डेसन नेपालको आर्थिक सहयोगमा समवाद परियोजना संचालन गर्दै आएको सामाजिक परिक्षण २०७७ मा संस्थाको संस्थागत बिकासको बोरमा केन्द्रका अध्यक्ष प्रेम बहादुर बि.क.ले जानकारी गराउनु भएको थियो ।केन्द्रका कोषाध्यक्ष कुल प्रसाद पौडेलको स्वागत तथा सचिव सुमित्रा बुढाथोकीको संचालनमा सम्पन्न सामाजिक परिक्षण कार्यक्रममा केन्द्रका प्रशासन तथा लेखा अधिकृत सहजराम गुप्ताले केन्द्रको लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कञ्चन खवर डटकममा सम्पादक जगिलाल थापाले सहजिकरण गर्नु भएको थियो ।