अर्थमन्त्री पौडेलसँग भारतीय राजदूत क्वात्राबीच भेट

प्रकाशित मिति:

अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पौडेलले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोग र कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै थप सहकार्य आवश्यक रहेको बताए ।

राजदूत क्वात्राले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।