सवल नेपालकर्मी पत्रकार न्यौपाने सहित थप ५ जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

नवलपरासी – पश्चिम नवलपरासीमा बुधबार सबल नेपालकर्मी प्रकाश न्यौपाने सहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बर्दघाट नगरपालिकामा एक जना, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा २–२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएकासँगै जिल्लामा संक्रमितको संङ्ख्या एक हजार ४३ पुगेको छ ।

लम्बिनी प्रादेशिक अस्पतालको ल्यावमा गरिएको परिक्षणका क्रममा सुनवल नगरपालिका वडा नम्बर ३ की २९ वर्षीय महिला र वडा नखुलेका ७६ वर्षीय वृद्धमा कोरोना देखिएको छ । यस्तै सरावल गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय पुरुष र २४ वर्षीय महिलामा संक्रमण पुष्ट भएको छ । नगरपालिका वडा नम्बर ९ निवासी प्रकाश न्यौपानेलाई पनि कोरोना संक्रमण भएको हो । विगत केही दिन यता आफू नजिक रहेकालाई स्वास्थ्यको ख्याल गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । न्यौपाने अहिले होम आइसोलशनमा बस्नु भएको छ ।