ताप्लेजुङका अधिकारकर्मीले भने सरकार मौलिक हकप्रति झनै अनुदार बन्यो

प्रकाशित मिति:

कार्तिक २७  ताप्लेजुङका मानवअधिकारकर्मी  राजनीतिक दल तथा पत्रकारहरुले सरकार नागरिकको मौलिक हकप्रति झनै अनुदार बनेको टिप्पणी गरेका छन । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ शाखाको संयोजनमा मंगलबार ताप्लेजुङमा आयोजित कार्यक्रममा उनीहरुले संविधानमा भएका अधिकारलाई समेत कानुन मार्फत राज्यले घुमाउरो पाराले रोक्ने तथा दबाउने प्रयास गरिरहेको भन्दै आपत्ति प्रकट गरे । नेपाल बार एशोसियसन ताप्लेजुङका सचिव बलराम भट्टराईले संविधानको आयु कार्यान्वयनमा भर पर्ने उल्लेख गर्नुभयो । उहाँले संविधान राम्रो भएपनि ब्यवहारिक रुपमा समस्या देखिएको बताउनुभयो । राज्यले मानवअधिकार उल्लंघन गरिरहेको बताउँदै यसका लागि सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाले राज्य दमनकारी बन्दै जानु दुखद भएको बताउनु भएको थियोे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङका इन्चार्ज सक्कल लिम्बुले आफूहरुलाई सरकारले जनताको बीचमा जान नदिएको भन्दै आपत्ति जनाए । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ जिल्ला शाखाको आयोजनामा मंगलबार भएको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरकृया कार्यक्रममा बोल्दै लिम्बुले अहिले पूर्वी नेपालमा सरकारले अनावश्यक दमन गरेको बताउदै । जनताको बीचमा कुरा राख्न नदिएको भन्दै इन्चार्ज लिम्बुले आफ्ना विचारहरु राख्न पाउनुपर्नेमा जोड दिनुभयो । उहाले बिचार र आस्थाका आधारमा दमन गर्नुले क्रान्ति झन उर्वर बन्नेछ उहाको टिप्पणी थियोे ।
नेपाली कांग्रेसका जिल्ला सचिव छवी गुरुङले मानव अधिकार गम्भिर बन्दै गएको भन्दै चिन्ता व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो, –‘ यहाँ बोल्न पाउने र लेख्न पाउने मात्रै होईन बाच्न पाउने अधिकार समेत जोखिममा परेको छ, आज हेर्नुस् बलात्कारका घटना बाहिर आउँदैनन् हत्याका घटना बाहिर आउँदैनन, यसमा पत्रकारले चासो दिनुभयो । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाकले अधिकारका लागि पक्ष विपक्षमा नबाडिएर सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, –‘ताप्लेजुङ मात्रै होईन देशभरको मानवअधिकारको अवस्था विकराल छ, यसमा थप आवाज उठाउन आवश्यक छ ।’ उहाँले मानवअधिकार र प्रेस स्वतन्त्रताको विषयमा वहस गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठनलाई धन्यवाद दिनुभयो । मानव अधिकार सञ्जाल तथा असहाय कानुनी सेवा केन्द्रका अध्यक्ष देवनीधि पौडेलले मानवअधिकार संरक्षण भएन भने शान्ति र संमृद्धी सम्भव नभएको बताउनुभयो ।

मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूहका अध्यक्ष खड्क विक्रम सुवेदीले ताप्लेजुङमा लामो समयदेखि अन्तरकृया नभएको बेला क्रान्तिकारी प त्रकार संगठनले राम्रो कार्यक्रम गरेको बताउनुभयो । उहाँले अहिले पनि सरकारले स्वतन्त्रता पूर्वक आफ्ना विचार राख्न नदिएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘अहिले सरकारको कामप्रति चित्त बुझेन भने जुलुस आन्दोलन गर्ने अवस्था छैन धारणा छैन यो के हो रु’

क्रान्तिकारी पत्रकार संगठन, नेपालले मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ताप्लेजुङमा १३ औं कार्यक्रम गरेको हो । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बिषय बस्तुमा उठेका बिषयको जवाफ दिनुभएको थियो भने सञ्चालन महासचिव हिम विष्टले गर्नुभएको थियो भने स्वागत केन्द्रीय सदस्य आलोक लिम्बूले राख्नुभएको थियो ।