सुमन अधिकारीलाई सहयोगको अपिल

प्रकाशित मिति:

“प्रार्थना गर्ने ओठ हरु भन्दा, सेवा गर्ने हातहरु नै पवित्र हुन्छन। दक्षिण पर्वतका उदाउँदो नछ्यत्र , पर्वत जिल्ला महाशिला गाउपालिका १ होर्स्याङ्दी घर भइ अहिले बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गरीरहनु भएका लोकप्रीय विद्यार्थी नेता तथा पर्वत रुपन्देही विद्यार्थी समाजका सस्थापक अध्यक्ष सुमन प्रसाद अधिकारी २०७५ साल कार्तिक ४ गते को पर्वत बिहादी गाउँपालिका ५ उराम पोखरामा भएको जिप दुर्घटनाले उहाको ढाड र खुट्टामा परेको गम्भीर असरका कारण विगतका २ बर्ष काठमाडौको बि एन्ड बि हस्पिटलमा उपचाररत हुनुन्छ।

उदार शालिन तथा बाैद्धिक, हाेनहार सामाजिक ब्यक्तित्व प्रिय दाइ सुमन अधिकारी गाडी दुर्घटनाकाे कारण ढाड र खुट्टामा पटक पटक अप्रेशन र उपचार भईसके पश्चात पुन साेही ठाउमा यहि आउदो माघमा अप्रेशन गर्नुपरेकाेले बौद्धिक युवा आज मरुतुल्य भई बेडमा लडिरहेको परिप्रेक्षमा आम सहयोगि मनहरु एकताबद्ध भई मानवताको गुण प्रस्फुटन गरि अहिले को होईन पुरानो दमदार सुमन अधिकारी फर्काएर ल्याउनेमा जुटिदिनु हुन अनुरोध गरेका छन ।

पछिल्लो समय उपचार गर्दैगर्दा घरको आर्थिक स्थिती निकै कमजोर भएको र उहाको आफ्नो आर्थिक भारले थाम्न नसकेको कारण,यहाँको सानो सहयोगले उज्ववल भविष्य बोकेको बाबुआमाको बुढेसकालको साहारा, दाजुभाइ तथा एक असल साथिको जीवन रक्षामा ठुलो सहयोग गर्दिन अपिल गर्नु भएको छ। सहयोग गर्दिनको निम्ति सम्पूर्ण सहयोगी मनहरुको लागि

इ सेवा का लागि (e-sewa):Name- Rajendra Adhikari -(e-sewa id 9851282258)

वाणिज्य बैक खाता न:३३६०१०००००३६४००१(पर्वत सेवा समाज)