पश्चिम नवलपरासीमा बिहिवार ४१ जनामा कोरोना देखियो 

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

कार्तिक २० । पश्चिम नवलपरासीमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । विहिबार मात्रै जिल्लामा १२ जना महिला र २९ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको रामग्राम नगरपालिकामा २० जना, सुनवल नगरपाकिलामा ६ जना, बर्दघाट नगरपालिकामा १३ जना र सरावल गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका सगँै जिल्लामा संक्रमितको संख्या १ हजार ८३ पुगेको छ ।

रामग्राम नगरपालिका वडा नम्बर २ की १९ वर्षकी किशोरी र २९, ५७, २२ वर्षका महिला, वडा नम्बर ३ का ४१ वर्षीय पुरुष, वडा नम्बर ९ का वर्ष ३५, ४९ का पुरुष, वडा नम्बर ११ का ४० वर्षीय पुरुष, वडा नम्बर १२ का वर्ष ४०, ४९, २२, ३९, २३, ३२, ३४, ३६ का ८ जना पुरुष, वर्ष २७ की महिला, वर्ष १४ का बालक, वडा नम्बर १४ की २७ वर्षीय महिला, वडा नखुलेको वर्ष ७० का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष, २६ वर्षीय महिला, वडा नम्बर ४ की २८ र ४५ वर्षीय महिला, वर्ष १ का बालक, वडा नम्बर ७ का ७६ वर्षीय बृद्ध, वर्ष २९ र ३७ का पुरुष, वडा नम्बर ९ का वर्ष २८ का पुरुष, वडा नम्बर नखुलेको वर्ष १७, ४८ का महिला, र वर्ष ३१, ५१ का पुरुष रहेका छन् ।

सरावल गाउँपालिकाको वडा नम्बर १ का ४३ वर्षीय पुरुष, वडा नम्बर २ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाईएका मध्ये ५७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

रामग्राम नगरपालिका वडा नम्बर २ की १९ वर्षकी किशोरी र २९, ५७, २२ वर्षका महिला, वडा नम्बर ३ का ४१ वर्षीय पुरुष, वडा नम्बर ९ का वर्ष ३५, ४९ का पुरुष, वडा नम्बर ११ का ४० वर्षीय पुरुष, वडा नम्बर १२ का वर्ष ४०, ४९, २२, ३९, २३, ३२, ३४, ३६ का ८ जना पुरुष, वर्ष २७ की महिला, वर्ष १४ का बालक, वडा नम्बर १४ की २७ वर्षीय महिला, वडा नखुलेको वर्ष ७० का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सुनवल नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय पुरुष, वडा नम्बर ४ का २८ वर्षीय पुरुष, वडा नम्बर ५ का २२ र १९ वर्षीय पुरुष, वडा नम्बर ९ का ८७ वर्षीय पुरुष र वडा नम्बर ८ को ६१ वर्षीय महिला रहेका छन् ।

पश्चिम नवलपरासीमा संक्रिय संक्रमितको संख्या ३ सय ३० रहेको छ ।