सर्तकता अपनाउदै बिद्यालय खुल्ला

प्रकाशित मिति:

भैरहवा । रोहिणी गाउँपालिकाले आईतबार देखी गाउँपालिकाका सबै बिद्यालय खुल्ला गर्न निर्देशन दिएको छ । गाउँ शिक्षा समिति रोहिणीको कार्तिक २० गते बसेको बैठकले बिद्यालयमा आवश्यक सर्तकता अपनाउदै २३ गते देखी बिद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
बैठकले कोभिडको कारण अहिले सम्म प्रभावित रहेको पठन पाठन कार्य अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा ल्याउन लागेको जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मख खाँले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भै रहेको अवश्थामा अब सावधानी अपनाउदै बिद्यालय सञ्चालनको विकल्प नरहेको बताए ।

बिद्यालयमा अभिभावकले आ–आफ्ना बालबालिकालाई अनिवार्य रुपमा माक्स लगाएर बिद्यालय पठाउनु पर्ने शिक्षा शाखा प्रमुख खाँले बताए । माक्स नलगाई आएमा वा स्वास्थ्यमा समस्या देखिएमा त्यस्ता शिक्षक र बिद्यार्थीलाई बिद्यालयमा हातामा प्रवेश नदिईने उनले बताए । यस्तै बिद्यालयमा पनि एउटै बेन्चमा २ जना मात्र बिद्यार्थी राखी सामाजिक दुरी कायम गरि अध्ययन अध्यापन गराउनु पर्नेछ । बिद्यार्थीहरुको चाप हेरी सिफ्ट बनाई कक्षा सञ्चालन गरिने खाँे जानकारी दिए ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यसरी अध्यापन गराउदा बैकल्पिक प्रणालबिाट बिद्यार्थीको सिकाई निर्देशिका २०७७ अनुसार नया पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने जनाए । उनले पहिलो पटक गाउँपालिकाले बिद्यालयमा सेनेटाइजरको ब्यवस्था गर्ने र त्यस पछि बिद्यालय आफैले सोको ब्यवस्थापन गर्नु पर्ने बताए ।  रोहिणी गाउँपालिकामा १५ वटा सामुदायिक बिद्यालय, ११ वटा संस्थागत बिद्यालय र १२ वटा धार्मिक मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिए ।