कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, कात्तिक २१ । कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चार जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिकाका एक महिने शिशु, पोखरा महानगरपालिका–१० का ५७ वर्षीय पुरूष र बागलुङको जैमिनी नगरपालिका–९ का पुरुषको मृत्यु भएको हो। यस्तै, पोखरा महानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको पनि उपचारका क्रममा शुक्रबार बिहान ९ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको डा शर्माले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया