भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द गरीने

२१ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


२१ कात्तिक, काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको छ ।

त्यसपछि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने भनिएको छ । शुक्रबार काठमाडौं महानगरपालिका र निस्शुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने ठहर दुबै पक्षले गरेका छन् । भाइटीकाको भोलिपल्टदेखि खाना खुवाउन बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा निस्शुल्क खाना खुवाउने सहमति भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया