बर्दघाटका एक कोरोना संक्रमित पुरुषको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
नवलपरासी कात्तिक २१ गते ,
पश्चिम नवलपरासीको बर्दघाटका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालका अनुसार बर्दघाट नगरपालिका-१ का ४७ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । ११ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले पुष्टि गर्नु भएको छ । कोरोना संक्रमित पुरुषमा मधुमेह, उच्चरक्तचाप र पित्तथैलीसम्बन्धी दीर्घ रोगी रहनु भएको थिए । योसँगै नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया