दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

प्रकाशित मिति:

वालिङ– दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाले सञ्चालन गर्दै आएका बिभिन्न परियोजनाका बारेमा समिक्षा गरिएको हो ।  कार्यक्रममा बोल्दै सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले दियालोले सञ्चालन गरिरहेको कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘दियालोसँग सहकार्य गरेर काम गर्न निक्कै सहज रहेको छ ।’

कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता तिवारीले बिभिन्न परियोजना मार्फत स्याङजा जिल्लाका ११ वटै पालिकामा बिभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘११ वटै पालिकामा सञ्चालन भई रहेका बिभिन्न परियोजाहरुको प्रगती उपलव्धीमूलक रहेको बताउनु भयो ।’ अध्यक्ष तिवारीले कार्याक्रम कार्यान्वयनलाई अझै प्रभावकारी बनाउदै लगिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  कार्यक्रममा युएसएआईडीको सहयोगमा सञ्चालित सुआहाराका कार्यक्रम प्रमुख ओमसुव गुरुङले सुआहारा दोस्रोका बिभिन्न कार्यक्रमको प्रगती र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो त्यस्तै युएनडिपी तथा वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना’ का प्रमुख राधाकृष्ण डुम्रेले उक्त कार्यक्रमका प्रगती तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । दियालो संस्थाका बित्तिय तथा प्रशासन अधिकृतहरु सबिना कर्माचार्य र शुसिला अर्यालले आर्थिक अवस्था तथा बजेटका बारेमा जानकारी गराउनु भएको थियो ।

समिक्षा कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी,सचिव सीता गौडेल ,सहसचिव सीता गैह्रे,कोषाध्यक्ष सीता डुम्रे र सदस्य चण्डिका साप्कोटा लगायतले आ—आफ्नो भनाई राखेका थिए ।  २०६५ सालमा स्थापना भएको दियालो संस्थालो युएनडिपी,युएसएआईडी,एचकेआई, केयर नेपाल लगायतका अन्तराष्ट्रिय संघसंस्था तथा नेपाल सरकार लगायतसँग मिलेर काम गर्दै आएको छ ।

थप समाचार