जनप्रतिनीधी सहीत सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

अर्घाखाँची– नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । यसबीच अर्घाखाँचीमा वडा सदस्यसहित करिब ४ दर्जन नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका ३ का नेकपाबाट निर्वाचित वडा सदस्य सुमित्रा विश्वकर्मा, नेकपा पार्टी सदस्य मिनबहादुर विश्वकर्मा एवं रामचन्द्र खनाललगायत ४६ जनाले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई कांग्रेसले भव्य स्वागत गरेको थियो ।

नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु मुस्कान, वडा सभापति सोभाखर खनाल, नेता लिलामणी पोखरेल, नेता लोकेन्द्र बहादुर विश्वकर्मालगायतले नवप्रवेशहीहरुलाई स्वागत गरेका थिए । कांग्रेस सभापति मुस्कानले नव प्रवेशीहरुलाई भव्य स्वागत गर्दै पार्टी प्रवेश गरेको बताएका छन् । उनले भने, नेकपाबाट निर्वाचित वडा सदस्यहित ४६ जना नवप्रवेशीहरुलाई स्वागत गरिएको हो । नव प्रवेशीहरुको स्वागत कार्यक्रममा कांग्रेस नेता राजेन्द्र सुनारले स्वागत मन्तब्य राखेका थिए ।